काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरेको छ ।
बजारमा आक्रमक रुपमा अघि बढिरहेको बाणिज्य बैंकले धनुषा जिल्लास्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्लास्थित शाखा कार्यालय झलारी, कैलाली जिल्लास्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं जिल्लास्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्लास्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्लास्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्लास्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्लास्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी एकै पटक कारोबार शुरु गरेको छ । यसपछि बैंकको
अहिलेसम्म गरी बैंकको शाखा कार्यालयहरुको संख्या ३ सय ७ पुगेको छ ।
साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।