अफगानिस्तानमा बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७६ पुग्यो

अफगानिस्तानमा बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७६ पुग्यो

बुधवार, भदौ ४ २०८२
बुधवार, भदौ ४ २०८२
  • अफगानिस्तानमा बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७६ पुग्यो

    इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिनुभएको छ ।

    images
    images

    हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले एक वक्तव्यमा भन्नुभयो,“यो दुखद घटनामा ७६ जना नागरिकहरूले ज्यान गुमाउनु भएको छ, साथै तीन जना गम्भीर घाइते हुनु भएको छ ।”

    सेनाको विज्ञप्तिअनुसार, मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् ।

    अल–फारुक सेनाको अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान मुकद्दसका अनुसार, धेरै शवहरू यति धेरै जलेका थिए कि पहिचान गर्न गाह्रो भएको थियो ।

    मंगलबार राति हेरात शहर नजिकको गुजारा जिल्लामा दुर्घटना भएको हो । प्रहरीका अनुसार, बस इन्धन बोकेको ट्रकसँग ठोक्किँदा आगलागी भएको थियो ।

    दुर्घटनापछि केही घण्टासम्म सडकमा बसको जलिसकेको ढाँचा देखिएको समाचार संस्था एएफपीका एक पत्रकारले बताउनुभयो । 

    बसमा सवार यात्रुहरू हालै इरानबाट राजधानी काबुल फर्किंदै गरेका अफगानी नागरिक रहेका प्रवक्ता सईदीले मंगलबार बताउनुभयो ।

    संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार, यस वर्षको सुरुदेखि हालसम्म इरान र पाकिस्तानबाट करिब १५ लाख अफगानी नागरिकहरू स्वदेश फर्किएका छन् । यी देशहरूले दशकौंसम्म शरण दिइसकेपछि आप्रवासीहरूलाई फिर्ता पठाउने प्रयास तीव्र बनाएका छन् ।

    स्वदेश फर्किएका धेरै नागरिकहरू वर्षौं विदेशमा बसेका, कुनै ठेगाना नभएका र थोरै सामानसहित आएका छन्, जसका कारण उहाँहरूलाई पुनः बसोबास गर्न गम्भीर चुनौतीहरू झेल्नुपरेको छ । अफगानिस्तान हाल गरिबी र बेरोजगारीबाट ग्रस्त रहेको छ ।

    सरकारी सञ्चालित बख्तर समाचार एजेन्सीले यस दुर्घटनालाई हालका वर्षहरूमा भएको सबैभन्दा घातक मध्ये एक बताएको छ ।

    गत वर्षको डिसेम्बरमा अफगानिस्तानमा तेल ट्यांकर र ट्रकसँग भएको दुईवटा बस दुर्घटनामा कम्तीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

    त्यस्तै, सन् २०२४ को मार्चमा हेलमन्ड प्रान्तमा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु र ३८ जना घाइते भएका थिए ।

    सन् २०२२ को डिसेम्बरमा सालङ दर्रामा भएको अर्को गम्भीर दुर्घटनामा इन्धन ट्यांकर पल्टिएर आगो लाग्दा ३१ जनाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय