लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गर्दै, २ लाख टनभन्दा बढी उत्सर्जन

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गर्दै, २ लाख टनभन्दा बढी उत्सर्जन

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गर्दै, २ लाख टनभन्दा बढी उत्सर्जन
    images
    images

    काठमाडौं/ लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकले आफ्नो ऋण पोर्टफोलियोमार्फत वातावरणमा पर्ने असरको मूल्याङ्कन गर्दै पारदर्शिता र दिगोपनप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको हो।

    PCAF विधिबाट विश्लेषण, २ लाख टनभन्दा बढी उत्सर्जन

    कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) विधिको आधारमा तयार पारिएको प्रतिवेदन अनुसार बैंकको वित्तीय लगानीसँग सम्बन्धित कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर (tCO₂e) रहेको छ। यसमा व्यापार कर्जा १९०,२९३.४२ tCO₂e, गाडी कर्जा १,५२८.९८ tCO₂e, घर कर्जा ९,४८५.४६ tCO₂e र जलविद्युतबाहेकका परियोजना वित्त ७०५.५६ tCO₂e रहेका छन्।

    बैंकको जलविद्युत परियोजनाहरूमा लगानीले भने अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याएको छ। यसले बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानप्रतिको प्रतिबद्धतालाई झनै प्रष्ट पारेको छ।

    मिसन १००००:  वातावरणका लागि साहसी कदमदिगो विकासको आफ्नै रणनीति अन्तर्गत बैंकले “मिसन १००००” नामक वृक्षारोपण अभियान प्रारम्भ गरेको छ। यो अभियान अन्तर्गत हालसम्म देशभर ७,५०० भन्दा बढी विरुवा रोपिएको र बाँकी विरुवा चाँडै रोप्ने योजना रहेको बैंकले जनाएको छ। यस अभियानले बैंकको वातावरणीय संवेदनशीलता र मापनयोग्य कदममा विश्वास प्रष्ट पार्दछ।

    नेट–शून्य उत्सर्जन लक्ष्यतर्फ अग्रसरता

    सन् २०४५ भित्र नेपालको नेट शून्य उत्सर्जन लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले लक्ष्मी सनराइज बैंकले ग्रीन फाइनान्स, ऊर्जा-कुशल कर्जाहरू, तथा ३R (Reduce, Reuse, Recycle) अभ्यासहरूलाई संस्थागत रूपमा प्रवर्द्धन गरिरहेको छ। बैंकले आगामी दिनमा अझ विस्तृत कार्बन मापन तथा अन्य कर्जा वर्गहरू समावेश गर्दै रिपोर्टिङ प्रणालीलाई थप पारदर्शी र जवाफदेही बनाउने जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com