काठमाडौं / ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित Hotel Marcopolo मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।
हालै बैंकले ललितपुरस्थित “Baked & Served” मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।
साथै, बैंकले काठमाडौंस्थितView Three Hundred Sixty Degree Resort र ललितपुरस्थित “Paradise Hills” मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
यस विकास बैंकले दिगो परिवर्तनको संवाहक बन्दै नागरिकको जीवनलाई उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता दिएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको छ ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई बैंकले अवलम्बन गरेको छ ।
बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताउँदै आएको छ ।
आर्थिक वर्षमा करिब रु. ४० करोडले राजस्वमा योगदान पुर्याएको देखिन्छ । साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।