आज मिति वि.सं. २०८२ साल जेष्ठ २६ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ जुन ९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, त्रयोदशी तिथी, विशाखा नक्षत्र, आनन्दादिमा–मित्र योग, चन्द्रराशि–तुला, बिहान ९ः११ बजेपटि वृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन व्यापार वा शेयर बजारमा गरिएको लगानी भविष्यमा फाइदाजनक बन्नेछ। साहसिक निर्णयले लाभ मिल्नेछ भने घरपरिवारबाट पनि साथ पाइनेछ। यद्यपि, माया प्रेममा धोका, पारिवारिक असमझदारी र शारीरिक कमजोरीले तनाव दिन सक्छ। पढाइमा ध्यान नपुग्नाले पछि परिने सम्भावना छ। आहारविहारमा सावधानी अपनाउनु स्वास्थ्यका लागि हितकारी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन व्यापार, कृषि वा पशुपालनबाट आर्थिक लाभ लिन सकिनेछ। घरायसी सेवा र आफन्तको सहयोगले सफलताका मार्ग खुल्नेछन्। माया प्रेममा सफलता मिल्नेछ भने सामाजिक सञ्जाल बलियो बन्नेछ। यात्राबाट फाइदा हुने संकेत छ। धैर्य र मिहिनेतले आम्दानी बढ्नेछ, तर हडबड नगर्नुहोला। स्वास्थ्यमा ध्यान दिँदा दीर्घकालीन लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन प्रतिस्पर्धा र विवादमा सफलता पाइनेछ। शत्रु परास्त हुनेछन् र पुराना रोगबाट राहत मिल्नेछ। पढाइ, करियर र प्रेममा प्रगति हुनेछ। खर्च बढे पनि उपलब्धिमूलक काममा लगानी हुनेछ। मानसम्मान वृद्धि, भौतिक सुविधा प्राप्ति र आत्मविश्वास बढ्ने समय हो। बुद्धिको प्रयोगले चुनौती पार गर्न सकिनेछ, र दिगो सफलता प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन बौद्धिक र प्राविधिक क्षमताको उपयोगले आम्दानी बढ्नेछ। बैंक, वित्तीय क्षेत्र र भौतिक सम्पत्तिमा लगानी लाभदायक हुनेछ। प्रेम सम्बन्धमा नजिकिँदै जान सकिनेछ भने अध्ययन र करियरमा प्रगति हुनेछ। आफन्तको साथ सहयोग मिल्नेछ, यद्यपि सानोतिनो मनमुटाव सम्भव छ। माताको स्वास्थ्यप्रति सचेत रहनुहोस्। मिहिनेतले सम्मान र स्थायी सफलता दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन समयसँग तालमेल मिलाउन नसके पछि परिने सम्भावना छ। पढाइमा ध्यान नपुग्नाले उपलब्धिबाट वञ्चित हुन सकिन्छ। व्यापारमा लगानी गरे अनुसार मिहिनेत गर्नुपर्नेछ। कृषि, पशुपालन र साझेदारीबाट लाभ मिल्नेछ। परिस्थितिहरू प्रतिकूल देखिए पनि धैर्य, सुझबुझ र गुरुजनको सल्लाहले सफलता मिल्नेछ। हतारो निर्णय र बेसुरको वचनबाट बच्नुपर्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आँट, साहस र पराक्रम बढ्ने भएकाले पुरुषार्थी कामबाट नाम र दाम दुवै कमाउन सकिनेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा पर्नेछन्। लेखन, कला, साहित्य तथा उद्योग–व्यवसायमा राम्रो लाभ मिल्नेछ। प्रेममा सामिप्यता बढ्नेछ। यद्यपि, पुराना कुरा उठेर पारिवारिक मनमुटाव हुन सक्छ। विवादास्पद जिम्मेवारी आए पनि धैर्य र सूझबुझले समाधान हुनेछ। सानो प्रयासले ठूलो सफलता मिल्ने समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अध्ययन, अध्यापन र बौद्धिक क्षमतामा प्रगति हुनेछ। व्यापार वा शेयर बजारमा गरिएको लगानी लाभदायक बन्नेछ, साथै नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा समय अनुकूल रहनेछ। बोलीको प्रभावले प्रतिष्ठा र आम्दानी दुवै बढ्नेछ। उच्च अधिकारीबाट प्रशंसा पाइनेछ, तर काममा आलस्य नगर्नुहोस्। बुद्धिले योजना सफल हुनेछ भने मिहिनेतले सम्मानित स्थान प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अध्ययन र बौद्धिक क्षमतामा सुधार देखिनेछ, जसले आत्मविश्वास बढाउनेछ। व्यापार र शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ, नयाँ काम सुरु गर्ने अवसर पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा समय सकारात्मक रहनेछ। बोलीको प्रभावले धन र सम्मान दुवै आर्जन गर्न सकिनेछ। यद्यपि, फजुल खर्च र द्विविधाले काममा ढिलाइ हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, र ठूला निर्णयमा सावधानी अपनाउनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आम्दानीभन्दा खर्च बढ्न सक्ने भएकाले वित्तीय अनुशासन आवश्यक छ। लगानी गरे पनि तत्काल फाइदा कम देखिन सक्छ। प्रेम सम्बन्धमा आशंकाले दूरी बढ्न सक्छ, तर पढाइमा सकारात्मक नतिजा मिल्नेछ। विदेशी व्यापार तथा विदेशस्थित पेशागत क्षेत्रमा सफलता मिल्नेछ। कर्मक्षेत्रमा मान–सम्मान प्राप्त हुनेछ। योजनाहरू गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ। प्रयास दोहोर्याउँदा रोकिएका काम बन्नेछ, तर फजुल खर्च र आलस्यले पछाडि पार्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पैतृक र सञ्चित धनको प्रयोगले आम्दानी बढ्नेछ। प्राकृतिक स्रोत साधनमार्फत पनि मनग्गे लाभ हुनेछ। प्रेममा उमङ्ग बढ्नेछ भने पढाइमा सफलता प्राप्त हुनेछ। आफन्तको सहयोगले सवारी साधन खरिद गर्न सकिनेछ। वैदेशिक यात्रा लाभदायक हुनेछ। कार्यक्षेत्रमा सहयोगीबाट मद्दत पाइनेछ। मिहिनेतले राम्रो फल दिनेछ, थोरै लगानीबाट पनि नाफा उठ्नेछ। नयाँ आम्दानी स्रोत फेला पर्ने र दिगो काम सुरु हुने समय हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारबाट राम्रो आम्दानी हुने भएकाले समयमै काम पूरा हुनेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ। नोकरी पाउने वा बढुवा हुने सम्भावना छ। भूमि, वाहन र पैतृक सम्पत्ति बढ्नेछ। मेहनतले जीवनशैलीमा सुधार आउनेछ। माता–पिताको सहयोगले कीर्तिमानी काम सम्भव हुनेछ। अध्ययनमा मन लागेकोले सफलता प्राप्त हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। यात्रा लाभदायक रहनेछ। धैर्यताका साथ प्रयास गर्दा अविश्वसनीय काम पनि बन्न सक्छ। सानातिना कुरामा अलमलिनु हुँदैन। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि मेहनत आवश्यक छ। साथीभाइको सहयोगले सामाजिक कार्य सफल हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यले साथ दिँदा सानो लगानी र प्रयत्नले व्यापारबाट मनग्गे आम्दानी हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। अध्ययन र खोजीमूलक क्षेत्रमा प्रगति हुनेछ। धर्म, अध्यात्म र सामाजिक कार्यमा रुचि बढ्नेछ। मित्रता र प्रेममा मजबुत सम्बन्ध बन्नेछ। व्यापारमा लाभ रहने र थप लगानीको राम्रो अवसर छ। साहित्य र कलामा प्रभाव बढ्नेछ। मेहनतले सफलता मिल्नेछ र रोकिएका काम पनि अघि बढ्नेछन्। सहयोगीहरूको साथ पाइनेछ भने सामाजिक प्रतिष्ठा र जिम्मेवारी प्राप्त हुने समय हो।