टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३३ करोड बिगो दाबी

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३३ करोड बिगो दाबी

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३३ करोड बिगो दाबी

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । आइतबार अख्तियार सूचना जारी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो । 

    images
    images

    नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरूमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आइतबार उनीहरूविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ । 

    अख्तियारले उनीहरूविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ  । यस प्रकरणमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय