राष्ट्रिय वाणिज्य बैंकलाई ३ स्वर्ण

राष्ट्रिय वाणिज्य बैंकलाई ३ स्वर्ण

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    राष्ट्रिय वाणिज्य बैंकलाई ३ स्वर्ण
    images
    images

    राष्ट्रिय वाणिज्य बैंकले १४ औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिसमा शनिबार ३ स्वर्ण जितेको छ । टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । थप १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले हात पार्यो ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा वाणिज्यका सुजन सुवाल पहिलो  भए । नेपाल विद्युत प्राधिकरणका स्वेत बस्नेत दोश्रो र नेपाल वायुसेवा निगमका अंकुर अर्याल तेश्रो भए । 

    सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले स्वर्ण, नागरिक उड्डयनकी सुष्मा थापा मगरले रजत र वायुसेवा निगमकी रञ्जना पोखरेलले कांस्य जिते ।

    कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा वाणिज्यका साजन सुवाल÷रमेश सुवालको जोडी प्रथम, वाणिज्यका विवेक श्रेष्ठ÷श्रवणकुमार खत्रीको जोडी द्वितीय र नागरिक उड्डयनका रूपचन्द्र केसी÷सन्तोष अवालेको जोडी तृतीय भए । 

    एक्सिक्युटिभ पुरुष सिंगल्समा वाणिज्यका रमेश सुवाल पहिलो, नागरिक उड्डयनका मनोहरराज भण्डारी दोश्रो र विद्युतका सुशान्त बाँस्तोला तेश्रो भए । प्रतियोगिताअन्तर्गत सोमबारदेखि फुटसल सुरु हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com