जेष्ठ २५ गते आईतबारदेखि जेष्ठ ३१ गते शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ :
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्त तथा साथीभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । घरायसी सेवा सुबिधा र प्रविधिको उपयोग गरी अध्ययन वा कामलाई फत्ते गर्न सकिनेछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । उद्योग तथा शेयर बजारमा लगानी बढाई नाफा कमाउन सकिनेछ ।
माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने बिपरित लिङ्गप्रतिको आकर्षण बढेर जानेछ । बिलासी बस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । लामो दुरीको धार्मिक यात्राको योग रहेको छ । मङ्गलबार र बुधबारको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मिश्रित रहेकोले व्यापार वा शेयर बजारमा सुझबुझका साथ लगानी गर्नाले उच्च प्रतिफल हात पार्न सकिनेछ । व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।
अतिथिको रूपमा सम्मान पाईनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्छ । आफन्त तथा दिदि बहिनीहरूसँग मनमुटाव सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अल्पकालिन वा दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । उद्योग तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहकोछ ।
बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट गर्न सकिनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । तर, पनि आफन्त तथा चेलीहरूसँग मनमुटाव सिर्जन हुनेछ । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साताको सुरु अर्थात सोमबार बिहानसम्मको समय मध्यम रहेकोले व्याक्तिगत स्वस्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । सोमबार मध्यान्हबाट समय राम्रो रहेकोले व्यापारको शिलशिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेकोछ ।
व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् । प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ। जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउदै विजय भइनेछ । बैंक तथा बित्तिय क्षेत्र, शेयर बजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी गर्न सकिनेछ । ऋण, रोग तथा सत्रुबाट छुटकारा पाइनेछ ।
वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिदेख्न पाइनेछ । मङ्गलबार र बुधबारको समय मध्यम रहेकोले आफ्नै भन्नेहरूले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको अधिकांश समय राम्रो रहेकोले पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यतित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेकोछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यम रहेकोले कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ । नचाहादा नचाहादै पुराना सम्झौताहरू भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साताको समय राम्रो रहेकोले तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउदै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।
माया प्रेममा शंका उपशंकाहरू हट्दै जानेछ । खेलकुद तथा आट, शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिइ नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरूमा आत्मियता थप प्रगाढ हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घरजग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय राम्रो रहेकोले लामो दुरीको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरूका लागि समय फलदायी रहनेछ । आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ ।
बिभिन्न अवसर आउने तथा ति अवसरहरूको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार, शेयर बजार तथा उद्योगको लागानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक बृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूका लागीसमय उत्तम रहेकोले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।
आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउदै बढ्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, कष्टकर नहोला भन्न सकिन्न ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको अधिकांश समय राम्रो रहेकोले विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
बैंकिङ तथा ईन्सुरेन्स क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्नाले नाफा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतीको बलियो सम्भावना रहेको छ । साताको अन्ततिर दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ। विशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तिको योग रहेको छ।
पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरू पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सोमबार बिहानसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । गोप्य फाइल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मेहम्मे पर्नेछ । सोमबार मध्यान्हबाट सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ ।
खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ। कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेको छ ।
तपाईँको साता शुभ रहोस् ।
ज्योतिषी राजेन्द्र कुमार घिमिरे