आइतबारको राशिफल : काम, दाम, नाम, प्रेम, विवाहदेखि सामाजिक प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतबारको राशिफल : काम, दाम, नाम, प्रेम, विवाहदेखि सामाजिक प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • आइतबारको राशिफल : काम, दाम, नाम, प्रेम, विवाहदेखि सामाजिक प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

    आज मिति विक्रम संवत् २०८२ साल जेष्ठ २५ गते, आइतबार, तदनुसार ईश्वी सन् २०२५ जुन ८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, द्वादशी तिथि, स्वाती नक्षत्र, आनन्दादिमा–लुम्ब योग, चन्द्रराशि–तुला ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    फेन्सी सामान, खाद्यान्न र गरगहनाको व्यापारबाट राम्रो लाभ मिल्नेछ। साझेदारी वा एकल व्यवसायमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। व्यापारिक यात्राले नयाँ अवसरहरू ल्याउनेछ। खर्च बढ्न सक्ने भएकाले वित्तीय योजना आवश्यक छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने सम्भावना छ, तर गोप्य योजना सफल हुनेछन्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    न्यायिक काममा ढिलासुस्ती र अनपेक्षित निर्णयको सम्भावना छ। खर्च नियन्त्रण नगर्दा आर्थिक दबाब पर्न सक्छ। स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढाउन सक्छ। तर भौतिक सम्पत्ति र विलासी वस्तु उपहारस्वरूप प्राप्त हुनेछन्। वैदेशिक रोजगारीबाट आम्दानीको सम्भावना बलियो छ। दीर्घकालीन फाइदाका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ। गोपनीयता र संयमता आवश्यक छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    चिट्ठा वा उपहार प्राप्तिको योगले आर्थिक लाभ दिलाउनेछ। व्यापार, शेयर बजार, कृषि र पशुपालनबाट आम्दानी बढ्नेछ। प्रविधिको उपयोगबाट काममा प्रगति हुनेछ। नोकरी र व्यवसायमा नयाँ अवसरहरू मिल्ने संकेत छन्। पुराना रोकिएका कार्य पुनः सुरु हुनेछन्। मिहिनेतअनुसार आम्दानी बढ्नेछ र वित्तीय स्थिति सुदृढ हुने सम्भावना छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    राजनीतिक वा सामाजिक काममा आलोचना र विरोधको सामना गर्नुपर्नेछ, सतर्कता आवश्यक छ। सवारी वा सम्पत्ति कारोबारमा जोखिम हुन सक्छ, ध्यान दिनुहोला। फजुल खर्च र स्वास्थ्यमा लापरवाहीले समस्या निम्त्याउन सक्छ। यद्यपि कृषि र पशुपालनबाट आम्दानी बढ्नेछ। योजनाबद्ध ढंगले काम गर्दा आर्थिक लाभ मिल्नेछ। बुद्धिको प्रयोगले आशग्लभहउभअतभम रूपमा लाभ मिल्ने सम्भावना छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पढाइ, लेखन तथा बौद्धिक क्षमताबाट राम्रो उपलब्धि मिल्नेछ। दाजुभाइ र पिताको सहयोगले लगानी बढाउने अवसर प्राप्त हुनेछ। उद्योग, व्यापार र नोकरीमा लाभांश बढ्नेछ। रोकिएका कामहरू अगाडि बढ्नेछन्। कानुनी मामिलामा सफलता मिल्नेछ। यद्यपि मेसिनको प्रयोगमा सावधानी आवश्यक छ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै आर्थिक प्रगति सम्भव छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बोलीको प्रभावले काउन्सेलिङ, मोटिभेसन वा शिक्षण क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। स्रोत(साधन जुटेर व्यापार वा शेयर बजारमा लगानी बढ्नेछ। आफन्तबाट सुखद समाचारले उत्साह बढाउनेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। तर समयको सदुपयोग नगर्दा अवसर गुम्न सक्छ। खर्च बढ्नसक्ने भएकाले आर्थिक अनुशासन आवश्यक छ। बोली र व्यवहारमा संयमता अपनाउनुहोला।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ प्रविधिको प्रयोगले रचनात्मक कामबाट राम्रो आम्दानी हुनेछ। आफन्तको सहयोग र पूँजी प्रयोग गरी व्यवसाय बढाउन सकिनेछ। होटल, रेस्टुरेन्ट वा बोलेर व्यवसाय फस्टाउनेछ। प्रेम र वैवाहिक सम्बन्धमा विश्वास गहिरिनेछ। तर, सवारी चलाउँदा सावधानी आवश्यक छ। अवसरसँगै चुनौतीहरू पनि आउनेछन्, खानपानमा लापरवाही नगर्नुहोला। दोहोरिएको प्रयासबाट रोकिएका कामहरू अगाडि बढ्नेछन्।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    खानपानमा लापरवाहीले स्वास्थ्यमा समस्या आउन सक्छ, औषधी खर्च बढ्नेछ। व्यापार वा शेयर बजारमा सोचविचारपूर्वक लगानी गर्नुहोस्, हतारले विवाद वा जरिवाना निम्त्याउन सक्छ। यद्यपि विदेश यात्रा र विदेशी व्यापारमा राम्रो सम्भावना देखिन्छ। आर्थिक पक्ष सामान्य भए पनि आकस्मिक खर्चले दबाब दिन सक्छ। सहयोगीहरूसँग तालमेल मिलाउन गाह्रो पर्नेछ, तर परिश्रमले अवसर दिलाउनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन उत्साहपूर्ण रहनेछ, सुखद समाचारले ऊर्जा दिनेछ। रोकिएका कामहरू अगाडि बढ्नेछन् र नयाँ योजनाको शुभारम्भले दिगो आर्थिक लाभ दिलाउनेछ। पैतृक सम्पत्ति र सञ्चित धनको प्रयोगले आम्दानी बढ्नेछ। व्यापारमा फड्को मार्न सकिनेछ, श्रमको उचित मूल्य प्राप्त हुनेछ। बुद्धिको प्रयोगले नोकरी र व्यवसायमा सफलता मिल्नेछ। प्रेम, मित्रता र पारिवारिक सम्बन्ध मजबुत बन्नेछन्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    तारिफयोग्य कामले नाम र दाम दुवै कमाउन सकिनेछ। राजनीति र समाजसेवामा जनताको समर्थनले पद प्राप्ति सम्भावना छ। पैतृक स्रोत र कृषि(पशुपालनले आम्दानी बढाउनेछ। व्यापार र शेयर बजारमा सुझबुझपूर्वक लगानी गर्नुपर्छ। नोकरीमा बढोत्तरीको मौका छ, प्रेम जीवन सुखद हुनेछ। मेहनतले प्रतिष्ठित जिम्मेवारी दिलाउनेछ र भविष्यका लागि मजबूत आधार तयार हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    धार्मिक र आध्यात्मिक कामले मन शान्त हुनेछ र भाग्यले साथ दिनेछ। साथीभाइ र प्रेमिकाको सहयोगले प्रगति सम्भव छ। कार्यक्षेत्रमा प्रशंसा र नयाँ जिम्मेवारी प्राप्त हुनेछन्। नोकरीमा बढुवा वा स्थानान्तरणको मौका छ। परिवारमा सद्भावना बढ्नेछ। मेहनतले उपलब्धि र रोकिएका कामहरू पूरा हुनेछन्। कर्मयोगले नयाँ जिम्मेवारी दिलाउन सक्छ। तर केही परिणाम अरूको हातमा जान सक्छ, सावधानी अपनाउनुहोला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यस्तताले स्वास्थ्य कमजोर बन्न सक्छ, खानपान र वातावरणमा ध्यान दिनुहोला। व्यापारमा लगानी अघि तयारी आवश्यक छ। पढाइमा मन नलाग्दा नतिजा कमजोर हुन सक्छ। प्रेममा मध्यम समय छ, तर गोप्यता भङ्ग र विवाद हुन सक्छ। प्रतियोगितामा सफलता मिल्नेछ। पशुपालन र कृषि लाभदायक हुनेछ। काम बिग्रने डर र कम उपलब्धिले मन खिन्न हुनेछ। घरेलु समस्या र धनमालको सावधानी आवश्यक छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय