पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

    images
    images

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

    आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। 

    आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    सोमबार कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    सोमबार राति कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय