‘स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन हुन्छ’

‘स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन हुन्छ’

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    ‘स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन हुन्छ’
    images
    images

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन गरिरहेको बताएका छन् । 

    शनिबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखि खाद्य प्रदार्थको अनुगमन, निरक्षण तथा जाँच परीक्षणका कार्यहरु भइरहेको बताएका हुन् । 

    उनले भने, “सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन गर्न हरेक आर्थिक वर्षमा बजेट र कार्यक्रमको व्यवस्था गरेको हुन्छ । चालु आर्थिक वर्षमा हामीले मोवाइल ल्याप भ्यान परिचालन गरि बजार तथा उद्योगको अनुगमन गरि अन्दस्पोट जाँच परीक्षण गरिरहेका छौँ ।”

    उनले बजारमा विक्री वितरण हुने खाद्य बस्तुमा प्रयोग हुने हानीकारक विषादीको तत्वहरुको जाँच परिक्षणमा वैज्ञानिक विधिहरुको अवलम्वन गरिरहेको बताए । 

    उनले विकट ठाउँमा पनि जाँचको लागि सहज बनाउनुपर्ने बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com