नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई सुजुकी गाडी खरिदमा १ लाख ७५ हजार रुपैयाँसम्म छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई सुजुकी गाडी खरिदमा १ लाख ७५ हजार रुपैयाँसम्म छुट

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई सुजुकी गाडी खरिदमा १ लाख ७५ हजार रुपैयाँसम्म छुट
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले सुजुकी गाडी खरिदमा विशेष छुट पाउने भएका छन् । जेठ २२ गते नेपालको पहिलो बैंक नेपाल बैंकले सुजुकी गाडीको अधिकृत विक्रेता न्यान्सी अटोमोवाइल्स प्रा.लि.बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले ल्न्यान्सी अटोमोवाइल्सबाट सुजुकी ब्राण्डका विभिन्न मोडेलका गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप ३० हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र न्यान्सी अटोमोवाइल्सको तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com