सासु भत्ता अनियमितता प्रकरण : अख्तियारलाई मुद्दा अगाडि बढाउन ढिलासुस्ती गरेको आरोप

सासु भत्ता अनियमितता प्रकरण : अख्तियारलाई मुद्दा अगाडि बढाउन ढिलासुस्ती गरेको आरोप

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    सासु भत्ता अनियमितता प्रकरण : अख्तियारलाई मुद्दा अगाडि बढाउन ढिलासुस्ती गरेको आरोप
    images
    images

    काठमाडौँ / भ्रष्टाचारविरुद्धको सामाजिक अभियान जानकी गाउँपालिका कैलालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरुको उजुरीलाई कारबाही अगाडि बढाउन ढिलासुस्ती गरेको बताएको छ ।

    अभियानका संयोजक कृष्ण सोडारीले आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ सम्म जानकी गाउँपालिका वडा नं. ९ मा सामाजिक सुरक्षा (सासु) भत्तामा भएको अनियमितताबारे २०७९ साउनमा अख्तियारको कञ्चनपुर कार्यालयमा उजुरी दिएको भए पनि आजको मितिसम्म पनि मुद्दा विशेष अदालतमा दायर नगरिएको बताएका हुन् ।

    जानकी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाको सो अवधिमा सामाजिक सुरक्षा भत्ताको नाममा ८ करोड ९६ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । 

    आफूहरूले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाविरुद्ध २०७९ साउनमा अख्तियारको शाखा कार्यालय कन्चनपुरमा उजुरी दिएकोमा सो उजुरी २०८१ जेठमा काठमाडौँ स्थानान्तरण गरिएको संयोजक सोडारीले बताए । 

    अख्तियारको केन्द्रीय कार्यालयले पनि सो उजुरीउपर छानविन भइरहेकोमात्रै जानकारी गराउँदै आएको र दोषीमाथि मुद्दा दायर गर्न ढिलासुस्ती भइरहेको उनको भनाइ छ । 

    सो अवधिमा वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले किर्ते गरी एउटै नागरिकता नम्बर राखेर नाममा फरक पारी दोहोरो, तेहोरो र चौथौँ पटकसम्म भत्ता बुझेको, मृत्यु दर्ता नगरी मृतकको नाममा भत्ता बुझेको अभियानको आरोप छ । 
    भ्रष्टाचारविरुद्धको सामाजिक अभियानका संयोजक सोडारीले सो मुद्दा यही आर्थिक वर्षभित्र विशेष अदालतमा दायर गर्न अख्तियारसँग माग गरे । 

    “मुद्दा दर्ता हुने प्रक्रियामा नजाँदा हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्यौं । हाम्रो मुद्दा अलपत्र थियो । हामीले हाम्रो मुद्दा तुरुन्त दायर गरिएन भने हामी अर्को विकल्पमा जान्छौं भनेका छौँ । हामीसँग थुप्रै विकल्पहरू छन् । हामी आफैँ प्रमाण बोकेर अदालतसम्म पुग्न सक्छौं । अख्तियारलाई भन्न चाहन्छु-कसैको आग्रह पूर्वाग्रह र प्रभावमा नपरीकन यो सामाजिक शुद्धीकरणको अभियानमा साथ दिनुस् । विशेष अदालतमा तत्काल मुद्दा दर्ता गरियोस्,”– उनले भने ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com