आज मिति विक्रम संवत् २०८२ साल जेष्ठ २४ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुन ७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, एकादशी तिथी, चित्रा नक्षत्र, आनन्दादिमा–काण योग, चन्द्रराशि–तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन रमाइलो यात्राको तय हुने छ भने व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ। उद्योग–व्यवसायमा लाभ उठाउने अवसर मिल्नेछ। गोप्य कुरा बाहिरिन सक्छ, सतर्क रहनुहोला। परिवारसँग रमाइलो समय बित्नेछ। श्रमको उचित मूल्य पाइनेछ भने आम्दानीका स्रोतहरू बढ्नेछन्। आत्मबल कमजोर भए पनि सहयोगीहरू भेटिनेछन्। सम्मान प्राप्त हुने सम्भावना पनि छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले दौडधुप कम गर्नु उचित हुनेछ। काममा ढिलासुस्ती र विवादको सम्भावना रहँदा संयमता आवश्यक छ। यात्राको योग देखिए पनि सजगता अपनाउनु राम्रो हुन्छ। प्रविधिको प्रयोगले दैनिक कार्य सहज हुनेछन्। व्यापारमा सामान्य लाभ मिल्नेछ। सकारात्मक सोचले समस्या हल गर्न मद्दत पुग्नेछ। खर्च र सावधानी आवश्यक रहने दिन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन मेहनतले प्रतिष्ठित सफलता दिलाउनेछ। सन्तान पक्षको प्रगतिले मन खुशी रहनेछ। लगानीबाट आम्दानी बढ्नेछ, विशेष गरी खाद्यान्न, विलासी वस्तु र टेक्निकल क्षेत्रमा। पारिवारिक सहयोग मिल्नेछ र यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ, नयाँ अवसरहरू हात पर्नेछन्। प्रतिस्पर्धीहरू पछि हट्नेछन् र सम्मान बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आमाको सल्लाह र आफन्तको सुझावले सुधारात्मक कार्य गर्न सहज हुनेछ। कृषि तथा पशुपालनबाट राम्रो आम्दानी प्राप्त हुनेछ। सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ, तर सन्तुलित व्यवहार आवश्यक छ। सवारी प्रयोगमा सावधानी अपनाउनुहोस्। अप्ठ्यारो परिस्थितिमा अग्रजहरूको सहयोग पाइनेछ। ईर्ष्या गर्नेहरू सक्रिय भए पनि परिणाम सकारात्मक रहनेछ। मेहनतले प्रतिष्ठा र सफलताको ढोका खोल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आर्थिक क्षेत्रमा फड्को मार्ने अवसर मिल्नेछ र सुधारका प्रयासहरू सफल हुनेछन्। पढाइमा राम्रो नतिजा हात पर्नेछ, जसले आफन्तहरूलाई खुसी बनाउनेछ। तर यात्रा वा सवारी प्रयोगमा विशेष सतर्कता अपनाउनुहोस्। केही असहयोगका कारण काम रोकिएला, तर मेहनतको फल अवश्य मिल्नेछ। जानकारको सल्लाह लिएर अघि बढ्दा सफलता मिल्नेछ। भावनात्मक उतारचढाव भए पनि काममा सुधार आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाएर आम्दानी बढाउने अवसर आज प्राप्त हुनेछ। बोलीको प्रभावले काम सजिलै अघि बढ्नेछ, तर बोलेको शब्दमा सावधानी अपनाउनुहोला, गलत अर्थ लाग्न सक्छ। अनुसन्धान र सिर्जनशील कार्यबाट सकारात्मक परिणाम मिल्नेछ। परिवार र साथीभाइसँग रमाइलो समय बित्नेछ। शिक्षामा सम्मान प्राप्त हुनेछ भने नयाँ अवसर पनि हात पर्नेछन्। बुद्धिमानीपूर्वक निर्णय गर्दा अप्ठ्यारो परिस्थितिमा पनि लक्ष्य भेटिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नुका साथै शत्रुहरू निष्क्रिय हुने समय आएको छ, जसले उत्साह र आत्मविश्वास बढाउनेछ। संघर्षपछि अधिकार प्राप्त हुनेछ र प्रतिस्पर्धामा विजय मिल्नेछ। व्यापार तथा आर्थिक क्षेत्रमा लाभदायक समय हुनेछ। परिवारमा अनुकूल वातावरण रहनेछ, र धार्मिक कार्यबाट सम्मान प्राप्त हुने सम्भावना छ। तर, चुनौतीपूर्ण कामले केही थकान दिन सक्छ। योजना सार्वजनिक गर्नुभन्दा पहिले सोचविचार गर्नु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा सचेत रहनु जरुरी छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य स्वास्थ्य समस्या र ऊर्जा कमीका कारण काममा ढिलाइ हुन सक्छ। अरूको भरपर्नु घाटाको कारण बन्न सक्छ, र चिताएका योजना विलम्ब हुनेछन्। गलत संगत र व्यवहारबाट टाढा रहनु बुद्धिमानी हुनेछ। पारिवारिक र सामाजिक सहयोग कम भए पनि विदेशी सामानको व्यापारमा प्रगति हुनेछ। विदेश यात्रा वा अध्ययनको अवसर मिल्ने सम्भावना छ। लगनशीलता र सद्विचारले परिस्थितिमा सुधार ल्याउनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैतृक सम्पत्तिको सही उपयोगबाट आम्दानी बढाउन सकिनेछ। व्यापारमा नाफा हात पर्नेछ भने आफन्तसँग रमाइलो भेटघाट, खानपान र मनोरञ्जनमा समय बित्नेछ। परिवारका चाहनाहरू पुरा गर्न सकिनेछ। तर खानपान र सवारी प्रयोगमा सतर्क रहनुहोस्, स्वास्थ्यमा असर पर्न सक्छ। न्यायिक मामिलामा सफलता मिल्नेछ र सरकारी काममा कर्तव्य पूरा गर्ने अवसर आउन सक्छ। तत्काल लाभ लोभलाग्दो देखिए पनि दीर्घकालीन सोच आवश्यक छ। सद्विचारले प्रेरित भई अघि बढ्दा भविष्यमा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिनभर मेहनत गर्दा पनि उचित फल नपाउँदा मन खिन्न हुनेछ। व्यापारमा समय धेरै लाग्ने भए पनि आम्दानी कम हुने सम्भावना छ। प्रणय सम्बन्धमा समय राम्रो छ भने अध्ययन र अनुसन्धानबाट राम्रो नतिजा आउँछ। मातापिताबाट सहयोग प्राप्त हुनेछ। घरायसी समस्याहरू सुल्झाउने समय हुनेछ। सहकर्मीहरूको साथले काम सजिलो हुनेछ। पुरानो हिसाबले विवाद हुन सक्छ तर संघर्षपछि लाभ हुनेछ। स्वार्थीहरूबाट सावधान रहनुहोस्। मिहिनेतले जीवनशैली सुधार्नेछ र विशेष योजना बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज धार्मिक र आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ। पढाइ र अनुसन्धानमा रुचि रहनेछ। गुरु तथा आफन्तको सहयोगले हौसला मिल्नेछ। बुवासरहका व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ। पढाइको सिलसिलामा लामो यात्रा हुनेछ। आत्मविश्वास कम हुने भए पनि राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव र नेतृत्व क्षमता बढ्नेछ। मेहनतले राम्रो फाइदा हुनेछ र भाग्यले अवसरहरू दिनेछ। शुभचिन्तकको साथले चुनौती पार गर्न मद्दत गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको सदुपयोग नगर्दा महत्त्वपूर्ण कामहरू बिचल्ली पर्नेछन्। यात्रा र सवारी प्रयोगमा सतर्कता आवश्यक छ, अन्यथा समस्या आउन सक्छ। स्वास्थ्यमा कमजोरीले दैनिक जीवन प्रभावित हुनेछ। पढाइमा समय दिँदा पनि अपेक्षित नतिजा नआउन सक्छ। आफन्तको सहयोगले साझेदारी व्यापारमा लाभ हुनेछ। सामाजिक सञ्जालमा बोल्ने शब्दमा सावधानी अपनाउनुहोस्। आम्दानीमा कमीले योजना स्थगित हुन सक्छ, तर मेहनतले चुनौती पार गर्न सकिनेछ। स्वास्थ्य कमजोर रहने सम्भावना छ।