डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह

डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • images
    images
    डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह
    images
    images

    काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले गरिमा क्यापिटलमा डिम्याट र मेरोसेयर खाता खोलेका सम्पूर्ण ग्राहकहरूलाई असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी नवीकरण गर्न आग्रह गरेको हो । 

    असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि Freeze गरिने कम्पनीले जनाएको छ । 

    डिम्याट खाताको वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ प्रतिखाता रहेको छ भने मेरो सेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ प्रतिखाता रहेको छ । 

    साथै गरिमा क्यापिटलले सञ्चालन गरेको योजनाअन्तर्गत ग्राहकहरूले मात्र एक हजार ९९९ रुपैयाँमा १० बर्षको लागि र ४९९ रुपैयाँमा मेरो सेयर खाता नवीकरण गर्न सकिनेछ । 

    गरिमा क्यापिटलको कमलपोखरी, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरू वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट धधध।नबचष्mबअबउष्तब।िअयm वा मोवाइल वालेट भ्–क्भधब, प्जबतिष्, क्ष्ःभ् एबथ, एचबदजग एबथ, ऋयललभअत क्ष्एक् जस्ता विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । 

    सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको निर्देशन अनुसार वार्षिक शुल्क नवीकरण नगर्ने हितग्राहीहरुको डिम्याट खाताका साथै मेरो शेयर समेत सिडिएसीद्वारा रोक्का राख्ने गरिएको कम्पनीले जानकारी दिएको छ । 

    साथै, गरिमा क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवा अन्तर्गत वार्षिक व्यवस्थापन शुल्क निःशुल्क गरिएको एवं कार्य सम्पादन शुल्क  १० प्रतिशत मात्र कायम गरिएको गज्जबको सुविधा यही असार मसान्तसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ । 

    गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट  अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

    गरिमा क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा), सामूहिक लगानी कोषको योजना व्यवस्थापक र प्रत्याभूति सेवा प्रवाह गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com