कारागारबाट छुटाइदिने भन्दै घुस लिने दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

कारागारबाट छुटाइदिने भन्दै घुस लिने दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • कारागारबाट छुटाइदिने भन्दै घुस लिने दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

    लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका अभियुक्तलाई छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको अभियोगमा नवलपरासी जिल्ला अदालत, परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका तामेलदार अर्जुन पन्थीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग रू. २,००,००० (दुई लाख रुपैयाँ) घुस लिइसकेको अवस्थामा राम लखन बनियालाई रंगेहात पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट बनिया र पन्थीको आपसी मिलेमतोमा सेवाग्राहीसँग रकम माग गरिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

    आयोगका अनुसार, उनीहरूले लागूऔषध मुद्दामा नवलपरासी पश्चिम कारागार चलान भएका व्यक्तिलाई बुटवल इजलासबाट आदेश गराई कारागार मुक्त गराउने सहजीकरण गरिदिने भन्दै रकम माग गरेका थिए। 

    सोही प्रमाणका आधारमा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम बिगो कायम गरी कैद र जरिवानाको मागसहित विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय