बिहीबारको राशिफल : आज कसलाई के गर्दा फाइदा के गर्दा बेफाइदा होला ?

बिहीबारको राशिफल : आज कसलाई के गर्दा फाइदा के गर्दा बेफाइदा होला ?

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • बिहीबारको राशिफल : आज कसलाई के गर्दा फाइदा के गर्दा बेफाइदा होला ?

    आज विक्रम संवत् २०८२ साल जेष्ठ २२ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ जुन ५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, दशमी तिथी, उत्तराफाल्गुनी नक्षत्र, आनन्दादिमा–मातंग योग, चन्द्रराशि–कन्या ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा स्थिरता चुनौतीपूर्ण हुनेछ। व्यापार व्यवसायले सोचेजस्तो नाफा नदिने सम्भावना छ। खर्चमा नियन्त्रण नहुँदा घाटा हुन सक्छ। आकस्मिक खर्चले समस्या थप्नेछ। ऋणका कारण मानसिक तनाव बढ्न सक्छ। तर नयाँ कार्यले केही राहत दिनेछ। योजना कार्यान्वयनमा धैर्य र सतर्कता जरुरी छ। अरूको स्वार्थमा नफस्नुहोला।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन व्यापार, उद्योग र सेयर बजारमा राम्रो प्रगति हुनेछ। रोकिएका काम पुरा हुनेछन्, जसले नयाँ योजना अगाडि बढाउन मद्दत पुर्याउनेछ। आफन्तको सहयोगले पनि आर्थिक स्थिति बलियो बन्नेछ। नयाँ विचार व्यवहारमा उतार्न प्रविधिको प्रयोग गर्नुहोस्। व्यापार, कृषिक्षेत्रमा फाइदा हुनेछ। खर्चमा नियन्त्रण गरी बचतको पनि योजना बनाउनुहोस्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन खर्च र चुनौतीको संकेत दिन्छ। स्वास्थ्य समस्या र पारिवारिक विवादले मानसिक दबाब दिन सक्छ। व्यापार व्यवसायमा भने आंशिक लाभ हुनेछ। काममा हतार नगर्नुहोस्, गोप्य योजना बनाएर अघि बढ्नुहोस्। छरछिमेकी र आमाको सहयोगले राहत मिल्नेछ। मेहनतले रोकिएका काम बन्नेछन्, तर खर्च नियन्त्रणमा राख्नुपर्छ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोस्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक दृष्टिले थोरै नाफा प्राप्त हुनेछ। व्यापारमा रिसाएका मित्रलाई सन्तुष्ट पार्न आवश्यक छ। खर्च र लगानीको सन्तुलन कायम गर्नुहोला। कृषिक्षेत्रमा बढी परिश्रम र लगानीको आवश्यकता पर्न सक्छ। प्रतीक्षित नतिजा ढिलो आउन सक्छ। यात्रा तथा रमाइलोमा बढी उत्साहित नहुनुहोस्। सहयोगीहरूको साथ घट्न सक्छ, योजना गोप्य राखेर अघि बढ्नुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन व्यापार र सेयर बजारमा राम्रो आम्दानीको सम्भावना छ। रोकिएका रकम फिर्ता हुनेछन्। कुटुम्बसँगको सम्बन्ध सुध्रिएर आर्थिक लाभ हुनेछ। योजना बनाएर अघि बढ्दा लक्ष्य पूरा हुनेछ। नयाँ भौतिक साधन जोड्ने मौका आउँछ। खर्चभन्दा आम्दानी बढी हुने सम्भावना छ। रमाइलो यात्रा र सम्मानित कामले दिन उत्साहजनक बनाउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज व्यापार र शेयर बजारबाट राम्रो आम्दानी हुनेछ र आर्थिक स्थिति सुदृढ हुनेछ। राजनीति तथा कल्याणकारी कामले समाजमा नाम कमाउने अवसर दिन्छ। पढाइ र कला क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्राको अवसर पाइनेछ। मेहनतले कीर्तिमानी यश दिलाउनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। खर्चमा संयम अपनाउनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्, दण्ड र जरिवानाको जोखिम छ। स्वास्थ्य खर्च बढ्न सक्छ। पढाइ र काममा यात्राको मौका छ। विदेश व्यापार फस्टाउनेछ र वैदेशिक रोजगार सफल हुनेछ। साझेदारीमा मनमुटाव हुन सक्छ, धैर्य आवश्यक छ। आकस्मिक खर्चले आर्थिक दबाब दिन सक्छ। मेहनतले मनग्य लाभ दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पढाइमा सुधार हुँदै अगाडि बढ्न सकिनेछ। व्यापार र लगानीबाट आम्दानी बढ्नेछ। सरकारी र पैतृक धन हात लाग्ने सम्भावना छ। रोकिएका काम बन्नेछन् र नयाँ अवसरहरू आउँछन्। दाजुभाइ र मित्रहरूको सहयोगले संकट पार हुनेछ। कृषि, पशुपालन र सट्टापट्टाबाट मनग्य लाभ हुनेछ। मेहनतले सफलता दिलाउनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    पैतृक सम्पत्ति र कामबाट मनग्य लाभ हुनेछ। नयाँ काम र उच्च पदको अवसर पाइनेछ। शेयर बजार र वित्तीय क्षेत्रमा नाफा कमाउने मौका छ। प्रतिस्पर्धामा बुद्धिको प्रयोगले फाइदा हुनेछ। काम विस्तार र प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर छ। तर समयमै प्रतिफल नआउन सक्छ। सजग रहनु जरूरी छ। सामान्य आम्दानी जारी रहनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अध्ययन, अनुसन्धान र लामो यात्राले राम्रो नतिजा दिनेछन्। दाजुभाइ तथा आफन्तको सहयोगले समस्या समाधान हुनेछ। व्यापार र व्यवसायमा लाभ हुनेछ। मेहनतले तारिफयोग्य सफलता दिलाउनेछ। नयाँ जिम्मेवारी र अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। भाग्यले साथ दिनेछ। नाम, दाम र सम्मान हात लाग्ने समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अनावश्यक विवाद र दुर्घटनाको सम्भावना छ, ध्यान दिनुहोस्। स्वास्थ्य समस्या र आर्थिक सङ्कट आउनेछ। पढाइमा ध्यान कम भएपछि पछि पर्नेछ। आफन्तसँग मनमुटाव बढ्न सक्छ। सहकर्मी र इष्टमित्रको सहयोगले काममा केही फाइदा हुनेछ। काममा अवरोध र चुनौती आउँनेछन्। व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोस्, गोपनीयता बचाउन जरूरी छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    तार्किक क्षमतामा वृद्धि भएर व्यापार र सेयर बजारमा नाफा कमाउने समय छ। वाणीमा निखार आएर नाम र दाम दुवै बढ्नेछन्। भविष्यका लागि कठोर निर्णय लिनुपर्नेछ । पढाइमा सफलता हात लाग्नेछ। प्रशासनिक बाधा आए पनि परिवार र सहयोगीहरूको साथले नयाँ आशा जगाउनेछ। अरुको मुख ताक्दा पछि पर्न सकिन्छ, आलोचकलाई समझदारीले समेट्नुपर्नेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय