काठमाडौँ/ भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
भाटभटेनी व्यवसायी उमेश श्रेष्ठ सहितको टिमले विशेष आर्थिक भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ। समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमी पुजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन्।
‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औधोगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,’ भाटभटेनीका सिइओ पानु पौडेलले भने ।
यस उद्योगले करिब १ हजार २०० रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
जसले मुख्यतया स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउँछ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथ एक मेगावाटभन्दा बढीको सौर्य उर्जा प्रणाली र ब्याट्री उर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।
‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए।
‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्न मात्र होइन, नेपालका औद्योगिक नीतिहरु र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ’ उनको भने ।