तीन सातापछि ताप्लेजुङमा हवाई उडान, काठमाडौँ आउन कति छ भाडा ?

तीन सातापछि ताप्लेजुङमा हवाई उडान, काठमाडौँ आउन कति छ भाडा ?

सोमवार, असार २३ २०८२
सोमवार, असार २३ २०८२
  • images
    images
    तीन सातापछि ताप्लेजुङमा हवाई उडान, काठमाडौँ आउन कति छ भाडा ?
    images
    images

    ताप्लेजुङ / ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । 

    नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् ।

    मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए । बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए ।

    हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । 

    ताप्लेजुङबाट काठमाडौँसम्म प्रतिव्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com