आज विक्रम संवत् २०८२ साल जेष्ठ २१ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुन ४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, नवमी तिथी, उत्तराफाल्गुनी नक्षत्र, आनन्दादिमा–प्रवद्र्ध योग, चन्द्र राशि–सिंह ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायबाट मध्यम लाभ हुनेछ। ऋण र रोगसँग जुध्नुपर्ला, तर बुद्धिको उपयोगले समस्या हल गर्नेछ। नयाँ काम अघि बढ्न सक्छ, तर गोपनीयतामा सतर्कता आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस्। शत्रु पक्ष कमजोर बन्नेछ। पारिवारिक सहयोग कम भए पनि रोकिएका काम बन्नेछन्। आम्दानी बढाउन धैर्य र योजना आवश्यक छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज व्यापार व्यवसायमा लाभको अवसर छ। खाद्यान्न र गरगहना व्यापारमा वृद्धि हुनेछ। यात्राको अवसर र नयाँ कामको थालनी हुने सम्भावना छ। लगनशीलता र मेहनतले फाइदाको स्रोत पहिल्याउन मद्दत गर्नेछ। पदोन्नति र वैदेशिक यात्राको सम्भावना पनि छ। दिगो लाभका लागि विज्ञको सल्लाह लिनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनीति र समाजसेवामा समय खर्चिए पनि प्रतिफल नपाइने सम्भावना छ। कृषि तथा पशुपालन व्यवसायमा भने आम्दानी हुनेछ। व्यापारमा खर्च बढ्न सक्छ, तर मिहिनेतले नतिजा ल्याउनेछ। नयाँ अवसर देखिए पनि नआत्तिएर निर्णय गर्नुहोस्। आजको दिन बचत र गोपनीयता आवश्यक छ। मिहिनेतले नाम र दाम कमाउने अवसर हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको बिहानको समय गीतसङ्गीत र होटेल व्यवसायमा फाइदाजनक हुनेछ। मध्यान्हपछि स्वास्थ्य समस्याले खर्च बढ्न सक्छ। आर्थिक कारोबारमा सफलता मिल्नेछ तर विवादमा नहुनुहोस्। परिवारको सल्लाह लिएर योजना बनाउनुहोला। दाजुभाइबीच मनमुटाव हुन सक्छ, तर मिहिनेतले अप्ठ्यारा परिस्थितिसमेत सहज बनाउनेछ। खर्चमा सतर्कता आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बोलीको प्रभाव र सम्मान बढ्नेछ। व्यवसायमा आम्दानीका स्रोत विस्तार हुनेछ। आफन्तसँग रमाइलो समय बित्नेछ। वैदेशिक रोजगारीबाट फाइदा हुन सक्छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। खर्च र लगानीमा सावधानी अपनाउनुहोस्। बुद्धिको उपयोगले धन र सम्मान दुबै आर्जन हुनेछ। काममा सहयोगी साथ दिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन सामाजिक र पारिवारिक सहयोगले व्यवसायमा लगानी सफल हुनेछ। आर्थिक पक्ष सबल रहनेछ र धनसञ्चय बढ्नेछ। शत्रुहरू परास्त हुनेछन् र मान–सम्मान प्राप्त हुनेछ। विद्यार्थीहरूले राम्रो नतिजा ल्याउनेछन्। सवारी साधनको लाभ हुनेछ। इच्छाशक्ति बढ्नेछ र नयाँ योजना सफल हुनेछन्। सामाजिक सञ्जालमा शब्द चयनमा ध्यान दिनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिहानको समय बैंकिङ क्षेत्रमा लगानीका लागि अनुकूल हुनेछ। साथीभाइ र आफन्तको भेटघाटले नयाँ अवसर ल्याउनेछ, तर बढी मेहनतको आवश्यकता पर्न सक्छ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। यात्रामा खर्च बढ्न सक्छ, तर काम सफल हुनेछ। लगानी बढाउन कर्जाको सहारा लिनुपर्ने देखिन्छ। दिगो काम प्रारम्भ गर्ने अवसर पाउने दिन हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी र प्राकृतिक स्रोतबाट धन आर्जन सम्भव छ। उद्योग र शेयर बजारमा लगानीले राम्रो आम्दानी दिनेछ। पारिवारिक सहयोगले काम सजिलो बनाउनेछ। व्यापारमा लाभ र आयस्रोत राम्रो रहनेछ। विद्यार्थीहरूले संघर्ष गर्नुपर्नेछ। रोकिएका काम बन्नेछन् र जिम्मेवारी बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लाभांश केही खर्चनुपर्ने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहान धार्मिक यात्रा सम्भावना छ भने लामो दुरीको यात्रा पनि हुनेछ। शेयर बजार र वित्तीय क्षेत्रमा लगानीले लाभ मिल्नेछ। पैतृक सम्पत्तिमा विवाद आउन सक्छ। आर्थिक कारोबार सामान्य रहनेछ। परिवारमा उत्सव छ। मिहिनेतले उपलब्धि दिलाउनेछ तर अरूका काममा समय खर्च हुँदा आफ्ना काममा ढिलाइ हुन सक्छ। सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रविधिको प्रयोगले आम जनसमुदायमा प्रभाव पार्नेछ। व्यापारमा विशेष गरी खाद्यान्न, निर्माण सामग्री र अटो पार्टसमा वृद्धि हुनेछ। वैदेशिक यात्रा र अध्ययनका लागि समय अनुकूल छ। लगनशीलताले अप्ठ्यारा काम सरल बनाउनेछ। मिहिनेतले दाम, प्रतिष्ठा र आर्थिक फाइदा दिलाउनेछ। सामाजिक जिम्मेवारीसहित दिगो काममा सफलताको मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिहानको समय व्यापार र यात्रा लागि अनुकूल छ। आय आर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य समस्याले खर्च बढाउन सक्छ, सावधानी अपनाउनुहोला। आफन्तसँग बैमनस्यता र गोपनीयतामा ध्यान दिन आवश्यक छ। काममा संघर्ष गर्नुपर्ला तर जीवनशैलीमा सुधार आउनेछ। विगतका कमजोरी सुधार्ने मौका पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नै प्रयासले व्यापारमा लगानी र धनसञ्चय सम्भव छ। अध्ययन र यात्राका अवसर रहन्छ। मेहनतले सफलता मिल्नेछ, आलस्यबाट बच्नुहोस्। दाम्पत्यमा मनमुटाव हुन सक्छ, गोप्य कुरा नखुलाउनुहोला। खर्च लागेर यात्रा हुनेछ। व्यापारमा जोखिम र वादविवाद हुन सक्छ, नतिजा सुधार गर्न काम दोहोर्याउनु पर्ला।