यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • images
    images
    यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। 

    देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    बिहीबार दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश  र  बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। 

    बिहीबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    बर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com