काठमाडौं/ नेपाल वायुसेवा निगमको केही दिनदेखि मर्मतसम्भार नगरी उडान भर्ने गर्छ । यात्रुको सरक्षाको ख्याल गर्दैन् । नियमित रिणको किस्ता तिर्न नसक्दा चुर्लुम्म डुब्दै गएको जस्ता विषयले चार्चा पाएको छ ।
लामो समयदेखि राजनीतिक खिचतानीले दलदलमा फस्दै गएको नेपालको राष्ट्रिय ध्वाजाबहाक एक मात्र विमान भ्रष्ट्रचार र बेथितिले झनै गहिरो खाडलमा फस्दै गएको छ । विभिन्न समयमा फेरबदल भइरहने नेतृत्वले झनै नीतिगत अस्थिरता देखाउँछ ।
यद्यपि पछिल्लो समय केही सुधारका संकेत देखिएका हुन् । यसै प्रसंगमा बजारमा आएका विभिन्न समाचारको खण्डन गर्दै निगमले नै विज्ञप्ति जारी गर्दै भनेको छ, निगम राम्रो छ, बजारमा आएको भ्रामक समाचार जस्तो होइन ।’
विज्ञप्तिमा उल्लेख छ, ‘संचार माध्यमहरुमा आएका समाचारहरुप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धी आम जनमानसमा पर्न गएको भ्रम निवारण गर्न र यथार्थ जानकारी दिने उद्धेश्यले यो प्रेस विज्ञप्ति जारी गरिएको हो ।’
निगमले स्पष्टिकरण लेख्दै भनेको छ, विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार नै मर्मत सम्भार गरी पूर्ण रुपमा उडानयोग्य भएपछि मात्रै उडान संचालन हुनेछ ।
यस्ता छन् बुँदाहरु:
१. नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रचलन अनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको मापदण्ड अनुसार मर्मतसम्भार गरि पूर्णरुपले उडानयोग्य भइसके पश्चात यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान संचालन गर्दै आईरहेको छ र निगमसंग अन्तर्राष्ट्रिय उडानका निम्ति २ वटा A330 Wide Body विमान, २ वटा A320 Narrow Body विमान र आन्तरिक तर्फ उडान गर्ने DHC-6: Twin-Otter विमान दुई वटा रहेको व्यहोरा अवगत गराउदछौं ।
२. निगमले अन्र्तराष्ट्रिय उडानमा प्रयोग भैरहेको चारवटै विमानहरुको Major Check (C-Check) नेपालको सार्वजनिक खरिद नियमावली अनुरुप सेवा खरिद गरि हालै सम्पन्न गरिसकेको छ र ती चारवटै विमानहरुलाई विभिन्न ८ देशका १० गन्तब्यहरुमा उडान तालिका अनुरुप प्रयोग गरिरहेको छ । त्यस्तै, निगमको दुईवटा Twin-Otter जहाज मार्फत देशका विभिन्न विकट जिल्लाहरुका Airport हरुमा उडान तालिका अनुसार संचालन गरि नेपाली नागरिकहरुको सेवामा सर्मपित रहेको छ ।
३. निगमले विभिन्न मितिमा अन्र्तराष्ट्रिय उडानमा प्रयोगहुने विमानहरुको मर्मतसंभार C-Check मा भएका ढिलाई सम्बन्धमा नायव महाप्रबन्धक (प्रा.)को संयोजकत्वमा एक छानविन समिति गठन भई काम गरिरहेको र छानविनको क्रममा दोषी ठहर भएमा दोषी तथा सम्झौता उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गरिनेछ ।
४. हालको व्यवस्थापनले निगम समाल्नुपूर्व संचयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने किस्ता रकम करिब २ वर्षदेखि पूर्णरुपले नतिरिएको अवस्थाबाट सुधार भई निगमले अन्र्तराष्ट्रिय उडानहरु तथाGround Handling Service को पूर्ण क्षमतामा संचालन गरि प्राप्त Revenue बाट विगतमा Covid-19 संक्रमण कालको समेत ऋण व्याज मिनाह नहुँदा पनि संचयकोष र नागरिक लगानी कोषलाई नियमित रुपले साँवा र ब्याज (किस्ता) रकम नियमित रुपले चुक्ता गरिरहेको छ ।
५. निगमले नागरिक लगानी कोष र संचयकोषलाई कर्जाको पूनःसंरचना गरि किस्ता संख्या बढाउनको लागि अनुरोध समेत गरेको, नेपाल राष्ट्र बैंकको प्रचलित ब्याजदर नीति भन्दा बढी ब्याज दर निगमलाई कायम गरेकोले त्यसको पूनःमुल्याङ्कन गर्न पत्राचार गरेको तथा Covid-19 विश्वमहामारीका बखतको निगमले तीर्नपर्ने ब्याज तथा ब्याजको ब्याज र हर्जाना छुट गरिदिन संचयकोष र नागरिक लगानी कोषलाई पत्राचार तथा पहल गरिरहेको छ ।
६. निगम राष्ट्रिय ध्वजाबाहक भएकै कारणले त्रि.अ.वि.को ग्राउण्ड ह्याण्लीङ्ग सेवा प्रदान गरिरहेको र त्यसबाट प्राप्त आम्दानीले देशको अर्को दुई क्षेत्रिय विमानस्थलहरु (Gautam Buddha International Airport, e}/xjf / Pokhara International Airport,, पोखरा) मा ग्राउण्ड ह्याण्डलीङ्ग प्रदान गर्दा निगमलाई पूर्ण घाटा भएता पनि राष्ट्रिय दायित्व बोध गरि राष्ट्रिय गौरबका योजनाहरुलाई पूर्णरुपले अगाडि बढाउन मद्धत गरिरहेको छ ।
७. अन्र्तराष्ट्रिय उडानमा प्रयोग हुने विमानहरुको इन्जिन अहिलेको समयमा जगेडा राख्नु निकै खर्चिलो भएको कारण निगमले इन्जिन Lease with MRO आर्थिक विनियम, २०६५ बमोजिम काम गराईराखेको जानकारी गराउदै सोहि अनुरुप निगमको A320 विमानहरुको इन्जिन एक पछि अर्को गर्दै दुईवटै न्यारोबडी जहाजहरुको तीनवटा इन्जिनहरु मर्मत भै संचालनमा रहेका र एक इन्जिन मर्मत भै सके पछि Engine Lease Return को चरणमा रहेको जानकारी गराईन्छ ।
८. IAI संग A320 इन्जिनको सम्झौता गरि मर्मतसंभारका लागि पठाईएको इन्जिन सम्बन्धमा, IAI ले समयमा इन्जिन उपलब्ध नगराउँदा निगमलाई क्षति पु¥याएको र सो क्षतिपूर्तिका लागि IAI संग निगमले क्षतिपूर्ति IAI गरेको र सोहि बमोजिम क्षतिपूर्ति पाउनको लागि पत्राचार समेत गरिसकेको छ ।
९. निगमको आर्थिक भार कम गर्ने विभिन्न उपायहरु मध्ये निगमले वैदेशिक ऋण सहायता मार्फत महङ्गो ब्याजदर र साँवा घटाउन पहल गरिरहेको सन्दर्भमा हालसम्म गरेका प्रस्तावहरुमा पर्यटन व्यवसायी मात्र नभई होटल व्यवसायीहरु तथा सरोकारी निकाय समेत यस कार्यमा साथ दिनुपर्ने तर्कका साथ प्रयासरत रहनु निगमको दायित्व अनुरुप सान्र्दभिक देखिन्छ ।
१०. अन्र्तराष्ट्रिय उडान गर्ने विमान संख्या न्यून भएकै कारण निगमको सेवा विस्तार खुम्चिएकोले हवाई बजारमा आफ्नो उपस्थिती जनाउन निगमले लिजमा विमान ल्याउन गठित समिति कार्यरत रहेता पनि निर्णयमा पुग्न अझ केही समय लाग्ने अनुमान गरिएकोे छ ।
११. निगमले सन् १९७१ देखि Twin-Otter जहाज संचालन गरिरहेकोले त्यसका जगेडा पार्टपूर्जा, दक्ष पाइलट र इन्जिनियर तथा विज्ञताका कारणले पनि निगमले खरिद गर्ने विमान Twin-Otter नै भैदिए आफ्नो विज्ञताले सधै उच्च प्रतिफल हासिल गर्ने उद्धेश्य राखेर त्धTwin-Otter जस्तै ३ वटा जहाज खरिद गर्न कमिटिले काम गरिरहेको छ ।
१२. निगमको महाप्रबन्धक जस्तो जिम्मेवारीपूर्ण पदमा विगतमा आसीन भएका व्यक्तिहरुद्धारा पूर्व उच्च पदस्थ पदाधिकारीहरुले कायम गर्नुपर्ने पदीय मर्यादा, गरिमा तथा आचरण सम्बन्धी प्राबधानहरु विपरित हुने गरि हाल निगमका केहि पूर्व महाप्रबन्धकहरुद्धारा आफु पदासीन रहँदा निगमभित्र भए गरेका कार्यहरुको अपनत्व ग्रहण गर्नुको सट्टा श्री सम्मानित सर्वोच्च अदालतद्धारा कानून विपरित ठहर भएको रकम रु ८० लाख प्राप्त नभएको विषय तथा निगमलाई कौंडीको भाउँमा बेच्ने जस्ता प्रपन्चमा संलग्न रहि निगम परिवारद्धारा तिरस्कृत भई बाहिरिनु परेको यथार्थलाई विषयान्तरण गर्दै निगम बिरुद्ध वस्तुगत, आधारबिहिन, तथ्यहिन विषयहरु राखी निगमको साख र गरिमामा आँच आउने प्रकृतिका झुटा समाचार तथा सूचनाहरु विभिन्न संचार माध्यमहरुद्धारा पटक–पटक आम जनमानसमा प्रवाह गरिएको प्रति खेद प्रकट गर्दै यस्ता प्रकृतिका झुटा समाचार तथा सूचनाहरु प्रवाह नगर्न निगम अनुरोध गर्दछ ।
१३. जहाज संचालन जटिल र विशुद्ध प्राविधिक विषय भएको कारणले विमानमा प्रयोग हुँने सामान विग्रने र मर्मत गर्ने कार्य नियमितरुपले प्रकृयासंगत रुपमा निरन्तर चलिरहन्छ । विमान मर्मत संभारको निम्ति दक्ष प्राविधिक कर्मचारी, सामाग्री,, Facilities, Tools, Slot, त्ययकि, क्यित, समय, इत्यादीको उचित व्यवस्थापन गरी मर्मत कार्य गर्नुपर्ने बाध्यतालाई नबुझि विभिन्न संचार माध्यमहरुले कपोल–कल्पितरुपले निगमलाई आरोप लगाउँदा समेत सिमित श्रोत साधनका बाबजुद आफ्नो सेवा निरन्तररुपले प्रदान गर्दै आईरहेको छ ।