सार्वजनिक यातायात बेथिति : सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने  !

सार्वजनिक यातायात बेथिति : सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने  !

बन्दको मौकामा राइड सेयरिङवालाहरुले चर्को शूल्क असुलेका छन्

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    सार्वजनिक यातायात बेथिति : सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने  !
    images
    images

    काठमाडौं/  यातायात व्यवसायीले राइड सेयरिङलाई सरकारले कानुनी मान्यता दिएको विरोधमा सोमबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि सर्वसाधरणको जीवन अस्तव्यत बनेको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।

    यातायात व्यवसायीहरूको आकस्मिक बन्दका कारण बिरामी, काममा जाने कर्मचारी, विद्यार्थी र दैनिक मजदुरीमा निर्भर सर्वसाधारण समेत प्रभावित भएका छन् ।

    काठमाडौंको बालाजुदेखि बबरमहलसम्म पैदल यात्रा गर्दै ववरमहल आइपुगेका पदमराज जोशीले यातायात बन्दले सर्वसाधारणहरुको विचल्ली भइरहेको दुःखेसो गरे । ‘२१ औँ शताब्दीमा भौतिक पूर्वाधार बन्द गर्नु राज्य र व्यवसायी दुवैको हो । दुइ तिहाइको सरकार भन्ने तर, यातायात व्यवसायीसँग झुक्ने ?,’ उनको प्रश्न थियो ।

    जनतालाई साथ दिनुपर्ने अवस्थामा राइड सेयरिङ गर्नेहरुले चर्को भाडा अशुल्नु गलत रहेको भन्दै नीजि सवारी साधनमा यात्रु राख्ने कुरामा व्यवसायीले हस्तक्षेप गर्न नहुने बताए । 
     
    बबरमहलदेखि भक्तपुर जान हिडेकी क्रिस्टिना मिश्रले सरकार र व्यवसायीका बिच कुरा नमिल्दा सधैं जनताले सास्ती खेपिरहेको बताइन् । उनले यातायात बन्दका कारण सधैंजसो दुईसय रुपैंयाँ तिरेर हिड्ने गरेको तर सोही दूरीमा यात्रा गर्दा हाल चारसय रुपैंयाँ तिर्न परेको दुखेसो पोखिन् ।

    सार्वजनिक यातायातले पनि मनलाग्दी भाडा लिनुका साथै मान्छे धेरै कोचेर हिड्दा धेरै चोरी डकैती वा पकेटमारको समस्या हुने गरेको सुनाइन् । 

    घट्टेकुलोदेखि रत्नपार्क जाँदै गरेका अर्का पैदल यात्रु चेतनाथ पौडेलले यातायात बन्दले सर्वसाधरण अर्थात गरिखाने वर्गलाई असर गरिरहेको बताए ।
     
    उनले ‘यातायात बन्दले सर्वसाधरण अर्थात गरिखाने वर्गलाई नै असर गरिरहेको छ । अझै कतिदिन यस्तो बन्द चल्ने हो थाहा छैन् । राइड गर्नेहरुको पनि नियत ठिक हुनपर्छ । 

    नियत ठिक छ भने जतिसुकै राइड भएपनि फरक पर्दैन् । नियत नै ठिक छैन भने जे गर्दा नि कठिन हुन्छ । सार्वजनिक यातायातले पनि समयमै पुग्नपर्ने स्थानमा पु¥याईदिए सजिलो हुनेछ ।’

    शोभा भगवतीबाट बबरमहल आएकी जसता खतिवडाले बन्दले १५ मिनेटमा पुग्न सकिने ठाउँमा एक घन्टा पैदल हिडेर आउनु परेको दुखेसो गरिन् ।

    ‘यातायात बन्दले गाडीमा १५ मिनेटमा पुग्ने स्थानमा हिडेर एक घन्टा भन्दा बढी लाग्यो ।  राइड सेयरिङमा पनि पैसा धेरै लिन्छ । सर्वसाधारणलाई कष्ट पर्दा धेरै शुल्क उठाउनु राम्रो होइन । सार्वजनिक यातायातहरुले पनि मनलाग्दी गर्ने, धेरैबेर रोक्ने गरेका छन्,’ उनले दुखेसो सुनाउँदै भनिन् । 

    यातायात बन्दका कारण हुनेखाने भन्दापनि गरिखाने वर्गले सास्ती व्यहोरिरहेको पैदल यात्रु रश्मी रिजालको गुनासो छ । सरकारी जागिर हुनेहरुलाइई बन्द भएपनि सहज भएको तर नीजि कम्पनीमा जागिर खानेहरुलाई गा¥हो भइरहेको बताइन् । 


    बन्दको मौकामा राइड सेयरिङवालाहरुले चर्को शूल्क असुल्ने गरेको भएपनि पैसा हुनेहरु चढेर हुइँरहेको बताउँदै गरिखाने वर्गहरु समस्या परेको बताइन् ।
     
    काठमाडौंकै गोलढुंगादेखि बबरमहल आएका रनपान पाण्डेले बन्दले गर्दा सबैखाले वर्गले दुःख पाएको बताए । छोटो दुरीमा पैदल यात्रा गर्न सकेपनि लामो दूरीको यात्रा गर्न कठिन हुने गरेको बताए ।  उनले पशुपति शर्माको गीतलाई सम्झदै देशलाई जनता र नेताले नै लुटिरहेको गुनासो गरे ।

    ‘बन्दले गर्दा छोटो दुरीमा त हिड्न त सकिन्छ तर लामो दूरीको यात्रामा सर्वसाधरणले  दुःख पाइरहेका छन् । नेपालमा पठाओवालाहरुले पनि पशुपति शर्माको गीतले भनेजस्तै लुट्न सके लुट कान्छा जस्तै गरिरहेका छन् ।’

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com