काठमाडौंमा सर्वसाधरणलाई सशस्त्रको बस सेवा, पोखराबाट २० ओटा पर्यटक गाडी स्कर्टिङ

काठमाडौंमा सर्वसाधरणलाई सशस्त्रको बस सेवा, पोखराबाट २० ओटा पर्यटक गाडी स्कर्टिङ

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    काठमाडौंमा सर्वसाधरणलाई सशस्त्रको बस सेवा, पोखराबाट २० ओटा पर्यटक गाडी स्कर्टिङ
    images
    images

    पोखराबाट चितवन तथा काठमाडौंतर्फ जाने पर्यटक गाडीहरूलाई आज पनि सुरक्षा व्यवस्था साथ स्कर्टिङ गरिएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण, कास्की र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा २० वटा पर्यटक गाडीमध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनतर्फ स्कर्टिङ गरिएको हो।

    यसैगरी मुक्तिनाथ दर्शन गरेर फर्किएका तिर्थयात्रीहरू सवार एउटा ईभी भ्यानलाई समेत स्कर्टिङ गर्दै काठमाडौं पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    स्कर्टिङ गरिएका ती सवारीसाधनमा ६ सयभन्दा बढी यात्रु सवार थिए।

    आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा


    सार्वजनिक सवारी साधन ठप्प रहेका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न सहज होस् भन्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले आज मंगलबार पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने दुई वटा बसमध्ये एकले स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सेवा प्रदान गर्नेछ। दोस्रो बसले भने स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

    सवारी साधन नचल्दा सर्वसाधारण नागरिकहरूलाई दैनिक आवतजावतमा परेको असहजतालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले यो पहल गरेको हो। यसअघि पनि उपत्यकामा यस्तै सेवा दिइएको थियो।

    सशस्त्र प्रहरी बलका अनुसार यस्तो सेवा आवश्यक परेमा आगामी दिनहरूमा पनि जारी रहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com