गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडि चल्ने

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडि चल्ने

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडि चल्ने
    images
    images

    काठमाडौँ / आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकार बिच मध्यरातमा सहमती भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमती भएको हो ।

    मध्यरातमा दुई पक्ष बिच सहमती भएपनि मंगलबार बिहानसम्म सड्कमा सावर्जनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी गराइसकेपछि मात्रै गाडि चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।

    उनका अनुसार मध्येरातमा सरकार र व्यवसायी बिच गठन भएको संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ ।

    ‘यो सबै प्रक्रिया पूरा हुन आज दिनभरजसो समय लाग्न सक्ने भएकाले अहिलनै गाडि नचलाएका हौं । जति चाँडो गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी दिन्छ । हामीले पनि त्यहि अनुसार गाडि चलाउन अनुमती दिन्छौं,’ उनले भने । यातायात व्यसायीले यसअघि आन्दोलन घोषणा गर्दा मागमा राखेका सात ओटै बुँदा सम्बोधन हुनेगरी समहती भएको स्वाँरले बताएका छन् ।

    गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सावर्जनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो ।

    सोहि अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलीत बनेका थिए । व्यवसायीले आन्दोलनका कारण सोमबार दिनभर यात्रुहरुको बिचल्ली भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com