मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति लाभदायी रहला ?

मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति लाभदायी रहला ?

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति लाभदायी रहला ?
    images
    images

    आज विक्रम संवत् २०८२ साल जेष्ठ २० गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ जुन ३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, अष्टमी तिथी, पूर्वाफाल्गुनी नक्षत्र, आनन्दादिमा–धुम्र योग, चन्द्र राशि–सिंह ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। व्यापार, सेयर वा सेवामूलक क्षेत्रमा आम्दानी बढ्ने संकेत छन्। फाइदाका नयाँ स्रोत पहिचान हुनेछन्। घरपरिवारको सहयोगले योजनाहरू सफल बन्नेछन्। उपहार वा सम्पत्ति प्राप्त हुने सम्भावना छ। खर्चमा सावधानी अपनाउनुहोस्। प्रतिष्ठा बढाउने अवसर मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज आर्थिक क्षेत्र सुदृढ रहनेछ। कृषि, पशुपालन तथा घरेलु व्यवसायबाट राम्रो आम्दानी हुने संकेत छन्। नयाँ कामले आम्दानीका साथसाथै जिम्मेवारी पनि बढाउनेछ। सवारी साधन वा सम्पत्तिमा खर्च बढ्न सक्छ। साझेदारीका समस्या समाधान भई फाइदा मिल्नेछ। बुद्धिमत्ताले लक्ष्य नजिकिँदै जान्छ। घरेलु प्रयोजनका सामान किन्न सकिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आज नयाँ कामबाट मनग्गे धन र सम्पत्ति जोडिनेछ। उद्योग, सेयर बजार र व्यापारमा लगानी फस्टाउनेछ। प्रविधिको सदुपयोगले लक्ष्य प्राप्ति सजिलो हुनेछ। विवादबीच पनि राम्रो काम गर्ने मौका छ। सन्तानको शुभ समाचार आउनेछ। अधिकारीबाट प्रशंसा पाइनेछ। व्यवसायमा चुनौती आए पनि बुद्धिमानी निर्णयले समाधान निकालिनेछ। हतार नगर्नु राम्रो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज आर्थिक रूपमा शुभ दिन छ। नयाँ ज्ञान र सीपले आम्दानीका नयाँ स्रोत खुल्नेछन्। खाद्यान्न, होटेल, गरगहना र मौसमी व्यापारमा वृद्धि हुनेछ। मेहनतको उचित मूल्याङ्कन हुने र उठ्नुपर्ने रकम पनि मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। परिवारको सहयोगले काम सफल बन्नेछ। व्यापार र अध्ययनमा प्रगति हुनेछ, सम्मान र लाभ पनि बढ्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन आर्थिक रूपमा सामान्य रहनेछ। व्यापार, सेयर बजार र उद्योगमा लगानीबाट आम्दानीका स्रोत फराकिला पार्न सकिनेछ। भौतिक साधन र उपहार प्राप्त हुने सम्भावना छ। आफन्त र साथीभाइको सहयोगले ठूला काम सफल हुनेछन्। नयाँ योजना बन्नेछ। ऋण दिनबाट जोगिनु राम्रो हुन्छ। मेहनतले दीर्घकालीन सफलता मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज वित्तीय क्षेत्र र सेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। प्रविधिको प्रयोगले अध्ययनमा प्रगति हुनेछ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्ने सम्भावना छ। यात्रा केही कष्टकर हुन सक्छ, तर प्रक्रिया अघि बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या हुन सक्छ। मेहनत बढाउनुपर्ने भए पनि नतिजाले उत्साह दिनेछ। खर्च र कर्जा सम्भावना पनि छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज कृषि, पशुपालन र खनिज क्षेत्रमा लगानीबाट मनग्गे आम्दानी हुनेछ। शिक्षा र बैंकिङ्ग क्षेत्रबाट पनि आम्दानी बढ्नेछ। सामाजिक सञ्जालमार्फत विचार फैलाउने अवसर छ। मिहिनेतले राम्रो फल दिनेछ। आयआर्जनका स्रोत फराकिला हुनेछन्। व्यापारमा थोरै लगानीबाट नाफा हुनेछ। तर ठूलो निर्णय अघि परिवारको सल्लाह लिनु राम्रो हुन्छ। खर्च पनि बढ्न सक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    अध्ययन र प्रतिस्पर्धामा सफलता हात पार्दै नाम कमाउने समय छ। व्यापार र सेयर बजारबाट आम्दानी बढ्नेछ। नयाँ कामको प्रस्ताव र नोकरीमा पदोन्नति आउनेछ। माया प्रेम र विश्वास मजबूत हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। अरूका लागि बुद्धि खर्चिन सक्छ। सामाजिक जिम्मेवारी र चुनौतीहरू सामना गर्नुपर्नेछ। अवसरवादीबाट सावधानी अपनाउन आवश्यक छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज धार्मिक यात्रा गरी टिका र प्रसाद प्राप्त हुनेछ। साथीभाइ तथा आफन्तको सहयोगले नयाँ योजना अघि बढ्नेछ। अनुसन्धान क्षेत्रमा प्रगति हुनेछ। लामो दूरीको शैक्षिक र धार्मिक यात्रा सम्भावना छ। थोरै लगानीबाट आर्थिक लाभ हुने योग छ। शेयर मार्केट र भवन निर्माणमा फाइदा हुनेछ। आध्यात्मिक रुचि बढ्नेछ। चुनौती आए पनि भाग्यले साथ दिनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज व्यापारमा मनग्गे लाभ र अकस्मात् आम्दानी वृद्धि हुनेछ। अध्ययनमा सुधार आउनेछ र लामो दूरीको यात्रा हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, तर समाधान हुनेछ। दिदीबहिनीहरूको सहयोगले मन प्रसन्न रहनेछ। उपहार र चिट्ठा प्राप्तिको योग छ। हतारमा निर्णय नलिनु र जीवनसाथीको स्वास्थ्यमा सचेत रहनुहोला। दीर्घकालीन योजनामा ध्यान दिन आवश्यक छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आज पुराना परम्परामा परिवर्तन गरेर नयाँ उचाइ हासिल गर्न सकिनेछ। प्रशंसक र शुभचिन्तकहरू बढ्नेछन्। परिवार र मित्रताको सम्बन्ध गहिरो हुनेछ। व्यापार र सरकारी काममा लाभ मिल्नेछ। साझेदारीबाट पनि फाइदा हुनेछ। अध्ययनले बौद्धिक विकास गर्नेछ। खर्च लागे पनि सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्तावमा सहयोगीहरू मिल्नेछन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ। पुराना समस्या र रोगहरू हल हुनेछन्। आर्थिक अवस्था सुदृढ बन्नेछ। पढाइमा सफलता मिल्ने योग छ। कार्यक्षेत्रमा नयाँ अवसर र उच्च अधिकारीको सहयोग हुनेछ। यात्रा सफल रहनेछ। स्वास्थ्यमा सतर्कता आवश्यक छ। बुद्धिमानीले फाइदा दिलाउनेछ। प्रतिस्पर्धी पराजित हुनेछन् र द्वेषीहरू हार मान्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com