मञ्जुश्री फाइनान्स एनपिएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

मञ्जुश्री फाइनान्स एनपिएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    मञ्जुश्री फाइनान्स एनपिएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध
    images
    images

    काठमाडौँ / मञ्जुश्री फाइनान्स र एनसीएचएलबिच एनपिएस-एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    एनसीएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस-एनसिएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात मञ्जुश्री फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । 

    एनपिएस-एनसिएसलाई विभिन्न कार्ड स्वीचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम् उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

    एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर-बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाईँमा पु¥याउने अपेक्षा गरिएको छ ।

    नेपालका अग्रणी फाइनान्सहरूमध्येको मञ्जुश्री फाइनान्सले देशभरी रहेका २७ वटा शाखा / १ विस्तारित काउन्टर तथा १ एटीएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com