एन आइ सी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न

एन आइ सी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    एन आइ सी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न
    images
    images

    एन आइ सी एशिया लघुवित्तले आ.व. २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    कोशी, मधेश, बागमती र गण्डकी गरि ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो ।  

    कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको सहभागिता रहेको थियो भने संस्थाका स्वतन्त्र संचालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेश बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले चालु आ.व.को समिक्षा गर्दै आगामी आ.व.मा संस्थाले गर्ने कामका सन्दर्भमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।  

    उक्त कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैंकबाट जारी निर्देशन र सोको कार्यान्वयन, आगामी आ.व. का लक्ष्य तथा बजेट लगायतका विषयमा गहन छलफल चलेको थियो । 

    साथै सूर्य ज्योती लाईफ ईन्सुरेन्स कम्पनी कर्पोरेट सेल्स बिभागका कर्मचारी द्वय सरु अधिकारीे र बिकेश बज्रचार्यले विमा दाबी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com