अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
    images
    images

    एजेन्सी / संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरू लगाएको चीनको आरोप छ । 

    मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरू गरेको छ ।  जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरू बीच भएको फोन वार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन चीनको भनाइ छ । चीनको वैधानिक अधिकार र हितलाई गम्भीर रूपमा हानि पु¥याएको प्रवक्ताको भनाइ छ ।

    संयुक्त राज्य अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक र व्यापारिक नीतिहरू अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको भनाइ छ । 

    ‘आफ्ना निर्णय र क्रियाकलापहरूमा विचार गर्नुको सट्टा, अमेरिकाले चीनलाई सहमति उल्लङ्घन गरेको आधारहीन आरोप लगाएको छ । चीनले यी अनुचित आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ,’ प्रवक्ताले भने ।

    चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर, यसलाई कडाइका साथ कार्यान्वयन गर्दै र सक्रिय रूपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com