सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?
    images
    images

    आज विक्रम संवत् २०८२ साल जेष्ठ १९ गते, सोमबार, ईश्वी सन् २०२५ जुन २ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, सप्तमी तिथी, आनन्दादिमा–ध्वांक्ष योग, चन्द्रराशि–सिंह ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सन्तान र आफन्तको सहयोगले आर्थिक क्षेत्रमा सफलता पाइनेछ। व्यापार वा सेयरबजारबाट राम्रो नाफा प्राप्त हुने संकेत छ। अनावश्यक चिन्ता हटाएर काम गर्नुपर्छ। परिस्थिति केही कठिन देखिए पनि सानो प्रयत्नले फाइदा हुनेछ। नयाँ योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। भविष्यका लागि आर्थिक क्षेत्रमा राम्रो अवसर बन्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अर्थात्मक पक्ष सबल रहनेछ। व्यापार व्यवसाय फस्टाएर आर्थिक प्रगति हुनेछ। कृषि तथा पशुपालनमा सुधार गरेर राम्रो आम्दानी गर्न सकिनेछ। काममा सानो कमजोरीले समस्या ल्याउन सक्छ, तर आर्थिक नाफा आंशिक रूपमा सम्भव छ। तत्कालको फाइदा भन्दा दीर्घकालीन लाभ सोचेर अघि बढ्नु उचित हुनेछ। आर्थिक क्षेत्रमा नयाँ योजना गोप्य राख्दा फाइदा हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    छोटो दुरीको यात्राबाट राम्रो नाफा पाइनेछ। उद्योग र व्यापारमा लगानी बढाई आम्दानी वृद्धि हुनेछ। इष्टमित्र र दाजुभाइको सहयोगले व्यवसायिक सफलता सुनिश्चित हुनेछ। नयाँ कामको थालनी र पुरानो रोकिएको काम सम्पन्न हुनेछ। कृषिमा सामान्य नाफा र व्यवसायमा राम्रो फाइदा हुनेछ। आम्दानी प्रशस्तै बढ्ने संकेत देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अर्थतर्फ सकारात्मक प्रगति देखिन्छ। खाद्यान्न, निर्माण र अटो पार्ट्स व्यापारमा राम्रो नाफा हुनेछ। बैंक, बीमा तथा सेयर बजारबाट आम्दानी सम्भावना बलियो छ। स्रोत साधन जुट्ने हुँदा रोकिएका कामहरू अघि बढ्नेछन्। खर्च पनि बढ्ने संकेत छ। तर शुभचिन्तकको सहयोगले काममा उत्साह बढ्नेछ। व्यापारमा आम्दानी प्रशस्तै बढ्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज आर्थिक क्षेत्रमा नयाँ लगानीबाट फाइदा हुनेछ। सेयर बजार र व्यापारमा लगानी बढाउन उपयुक्त समय हो। नौलो कामबाट आम्दानीका नयाँ स्रोत खुल्नेछन्। परिवारसँग रमाइलो क्षण बित्ने र स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। व्यापारमा नयाँ लगानीले फाइदा बढ्नेछ। प्रतिष्ठा र मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत विस्तार हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    वैदेशिक सामानको व्यापारले फाइदा हुनेछ। सेयर बजार र वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। विदेश यात्रा र वैदेशिक रोजगारीका अवसर खुल्नेछन्। यद्यपि, राज्यसँग सम्बन्धित काममा सावधानी अपनाउनुहोस्, जरिवाना तिर्नुपर्ने सम्भावना छ। आर्थिक पक्ष सबल भए पनि खर्च बढ्न सक्छ। विदेशमा काम गर्ने अवसर मिल्नेछ, र व्यापारमा लाभ हुने संकेत छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक क्षेत्रमा चुनौती देखिए पनि मिहिनेतले आंशिक फाइदा मिल्नेछ। व्यापारमा लगानी र समय बढी लाग्नेछ, तर रोकिएको रकम उठ्न सक्छ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने सम्भावना छ। आत्मबल कमजोर हुँदा काममा अवरोध आउनेछ। आर्थिक कारोबारमा जानकारको सल्लाह लिएर मात्र अघि बढ्नु उचित हुनेछ। खर्चमा नियन्त्रण राख्नुपर्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शुभ चन्द्रमाको प्रभावले व्यापार तथा वित्तीय क्षेत्रमा राम्रो फाइदा हुनेछ। पुरानो लगानीबाट लाभ पाइनेछ। नोकरीमा पदोन्नति र प्रतिष्ठा बढ्ने समय हो। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। मिहिनेतले दाम र इनाम कमाउने अवसर दिलाउनेछ। काममा विशिष्ट व्यक्तिको सहयोगले पनि नयाँ अवसरहरू प्राप्त हुनेछन्। आय र खर्च सन्तुलनमा राख्नुहोस्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार व्यवसायमा फाइदा हुनेछ र रोकिएका कामहरू सम्पन्न हुनेछन्। जीवन साथीको साथले मन प्रसन्न रहनेछ। घरायसी सुख(सुविधा र सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। चिताएको काम पूर्ण हुनेछ। यद्यपि नैतिक प्रतिष्ठा जोगाउन सतर्क रहनुपर्नेछ। समस्या आए सहयोगीहरूको साथ पाइनेछ। उच्च शिक्षाको यात्रामा सफलता मिल्नेछ र व्यापारमा राम्रो आम्दानी हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अध्ययनमा सफलता हात लाग्नेछ भने व्यापार र वित्तीय क्षेत्रमा आम्दानी बढ्नेछ। नसोचेको धन प्राप्ति हुने योग छ। बोलीको प्रभावले धन आर्जन सजिलो हुनेछ। लामो यात्रा हुने सम्भावना छ। स्वास्थ्यमा सावधानी आवश्यक छ। प्रतिस्पर्धीलाई पछि पारेर काममा प्रगति हुनेछ। केही जोखिमपूर्ण जिम्मेवारी बहन गर्नुपर्नेछ तर सहयोगीको साथले समस्या हल हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    उद्योग, सेयर बजार र व्यापारमा लगानीबाट राम्रो नाफा हुनेछ। शुभ चिन्तक र आफन्तको सहयोगले कामहरू सजिलै सम्पन्न हुनेछन्। नयाँ योजना अघि बढाएर व्यापार विस्तार गर्न सकिनेछ। साझेदारीबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखी रहनेछ र प्रियजनसँग रमाइलो समय बित्नेछ। नयाँ ज्ञान सिक्ने र यात्राको अवसर पनि प्राप्त हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    न्यायिक निर्णय तपाईँको पक्षमा हुनेछ। अध्ययनमा उत्कृष्ट सफलता मिल्नेछ। व्यापारमा लगानी बढाएर राम्रो आम्दानी हुने योग छ। शुभ समाचारले नयाँ काममा हौसला बढाउनेछ। स्रोतसाधन जुट्ने हुँदा मिहिनेत उत्साहजनक हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ र द्वेषीहरू पराजित हुनेछन्। रोकिएका काम बन्ने र आर्थिक लाभ हुने नयाँ अवसर प्राप्त हुनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com