नेपाल उद्योग तथा व्यवासायी महासंघ भन्छ –मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साह जगायो

नेपाल उद्योग तथा व्यवासायी महासंघ भन्छ –मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साह जगायो

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • नेपाल उद्योग तथा व्यवासायी महासंघ भन्छ –मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साह जगायो

    काठमाडौं/  उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले  आर्थिक वर्ष २०८२/ २०८३ को लागि बिनियोजित बजेटबारे नेपाल उद्योग तथा ब्यवसायी महासंघले आफ्नो धारणा राखेको छ । 
    बजेटमा आएका कुराहरुले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवद्र्धक बनाएको अध्यक्ष भारिरथ सापकोटाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सवल पक्षहरुमा कृषि, पर्यटन, उर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, सुचना प्रविधिको विकास लगायतका बिषयहरु समेटिनुले सिंगो अर्थतन्त्रका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौं, विज्ञप्तिमा भनिएको छ ।’

    स्टार्टअप र साना तथा मझौला व्यवसायीहरुलाई समेत सहयोग पुग्ने गरि आएकों रोजगार प्रबद्र्धन कार्यक्रमले भविष्यमा रोजगार मुलक ग्रामिण अर्थतन्त्र सवल बन्दै जाने महासंघको धारणा छ । 

    विगत लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिएको निराशालाई चिर्न यस बजेटले धेरै ठुलो योगदान दिने छ । सिंङ्गो निजी क्षेत्र र आम जनसमुदायले सकारात्मक किसिमले अगाडी बढाउनु पर्ने बताएको छ । 

    नेपाली अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान पुर्याउने क्षेत्रको पहिचान र तिनको सुधार गर्दै ६ प्रतिशतको आर्थिक बृद्धि र ५.५ प्रतिशत भित्रमा मुद्रा स्फीति कायम राख्ने बजेटको प्रशंसा महासंघले गरेको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समय देखि हामीले उठाउदै आएका निजी क्षेत्रका साझा सवालहरु र सरकारले यसको जगमा रहि निजी क्षेत्रको समेत संलग्नतामा बनाईएको आर्थिक सुधार आयोगका सुझावहरु क्रमश कार्यान्वयन गर्दै जाने कुराको आश्वासन समेत समेटिएकाले औपचारिक रुपमा राज्यको ड्राईभिङ सिटमा राजनीतिक पार्टी र जनताका प्रतिनिधि बसे पनि अनौपचारिक रुपमा निजी क्षेत्र पनि राज्यको अर्थतन्त्रको ड्राईभिङ सिटमा बसिरहेका छन् भन्ने कुरा राज्यले सुनिश्चितता गरेको महशुस भएको छ । यसले आगामी दिनमा नेपालको अर्थतन्त्र गुणात्मक परिणाम सहित सकारात्मक दिशामा अगाडी बढ्ने बिश्वास लिएकाछौं ।’

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय