आज विक्रम संवत् २०८२ साल जेष्ठ १८ गते, आइतबार, ईश्वी सन् २०२५ जुन १ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, षष्ठी तिथी, अश्लेषा नक्षत्र, आनन्दादिमा-वज्र योग, चन्द्रराशि-कर्कट ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाइलो यात्रा हुने संकेत छ। व्यापारमा राम्रो आम्दानी हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। परिवारमा सम्बन्ध सुधार हुनेछ। बुद्धिको प्रयोगले परिस्थिति अनुकूल बन्छ। तर, तत्काल योजना नखुलाउनु उपयुक्त हुनेछ। साझेदारीमा समस्या आउन सक्छ। सानो फाइदामा नलाग्न सुझाव दिइएको छ। परिवारजनको सहयोगले पछिका लाभदायी काम गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले राम्रो काममा फाइदा मिल्नेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु हुने समय छ। पढाइमा सुधार हुनेछ र अध्ययनमा सफलता मिल्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। कृषि र व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रविधिको प्रयोगले प्रसिद्धि बढाउने मौका छ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आम्दानी बढ्नेछ र भविष्यमा फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामूहिक प्रयासले प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। पिताको सहयोगले व्यापारमा फाइदा हुनेछ। शेयर बजारबाट लाभ पाइनेछ। आर्थिक स्थिति सुधार हुनेछ। गीत-संगीत र मोडलिङमा पनि आम्दानी राम्रो हुनेछ। विवाद सुल्झिनेछन्। सानो प्रयत्नले पनि फाइदा हुनेछ। बोलीको भरमा काम बन्ने र सम्मान प्राप्त गर्ने समय आएको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा सुधार भई नयाँ अवसर आउँनेछन्। व्यवसाय फस्टाएर नयाँ लगानीको वातावरण बन्नेछ। वित्तीय तथा सहकारी संस्थाबाट लाभ हुनेछ। साथ दिनेहरू बढ्नेछन्, रचनात्मक कामले आम्दानी बढ्नेछ। परिवारसँग भेटघाट र स्वादिष्ट भोजनको आनन्द लिने अवसर पाइनेछ। पहिलेको सफलताले हौसला दिनेछ र व्यक्तित्वमा आकर्षण थपिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य र औषधीजन्य व्यापारबाट लाभ मिल्नेछ। विदेशी सामानको व्यापार र विदेशी लगानीबाट आय आर्जन हुनेछ। खर्च बढ्नाले अर्थ संकट देखापर्न सक्छ। ऋणको बोझ हुन सक्छ। अध्ययन र प्रविधिमा ध्यान जाँदा नयाँ ज्ञान आर्जन हुनेछ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, तर होसियारीले समस्या समाधान हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। अध्ययन र प्रतिस्पर्धामा सफलता पाइनेछ। व्यापारमा लगानीले राम्रै नाफा आउनेछ। कलाक्षेत्रमा सम्मान बढ्नेछ र नयाँ योजना अघि बढाउन सकिनेछ। आम्दानी बढेर उत्साह आउनेछ। श्रमको मूल्याङ्कन हुनेछ, तर प्रतिफल पाउन समय लाग्नेछ। सञ्चित धन उपयोगले पनि फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक र राजनीतिक क्षेत्रमा मानसम्मान बढ्नेछ। न्यायिक उल्झन हट्दै, काम गर्ने जोश र आत्मबल बढ्नेछ। व्यापार र कृषि लगानीबाट राम्रो आम्दानी हुने संकेत छ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यका अवसर आउन सक्छ। लगनशीलताले कीर्तिमानी बनाउन सकिनेछ र जीवनशैलीमा सुधार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्यार्थीहरूले पढाइमा सुधार गर्नेछन्। धर्म र परोपकारमा मन जानेछ। व्यापार फस्टाएर नयाँ लगानीको अवसर मिल्नेछ। पारिवारिक समस्या समाधान हुनेछ। प्रशासनिक बाधा आए पनि भाग्यले विशेष अवसर दिलाउनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ हुनेछ। यात्रा र मनोरञ्जनमा समय खर्च हुनेछ। नाम र दाम हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना लगानी उठेर नयाँ क्षेत्रमा लगानीको बाटो खुल्नेछ। व्यापार फस्टाउनेछ र समाजसेवामा समय खर्च हुनेछ। विदेशमा अध्ययन गर्नेहरूका लागि समय फलदायी छ। विवाद र पारिवारिक सहयोगले काम अघि बढ्नेछ। स्वास्थ्यमा कमजोरी हुन सक्ने भएकाले आहार र व्यायाममा ध्यान दिनुहोला। गोपनीयता कायम राख्न आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारबाट नाफा र यात्राको अवसर प्राप्त हुनेछ। राज्यपक्षबाट पद पाइनेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ योजनामा लगानी गर्न सकिनेछ। विवादास्पद क्षेत्रमा सावधानी आवश्यक छ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ। साथीभाइको सहयोग मिल्नेछ। सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुपर्छ। सोखले मालमत्ता जुटाउने प्रेरणा दिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको प्रयोगले आम्दानी बढ्नेछ र न्यायिक निर्णय तपाईंको पक्षमा हुनेछ। व्यापार विस्तार गरी आर्थिक लाभ लिन सकिनेछ। वैदेशिक यात्राको सुनौलो अवसर छ। मिहिनेतले राम्रो प्रतिफल दिनेछ। शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धामा विजयी हुनु हुनेछ। साथीहरूको सहयोग प्राप्त हुनेछ। चुनौती पार गरी दिगो फाइदा हुने काम सम्भव छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईमान्दार कार्यले सम्मान मिल्नेछ। व्यापार फस्टाएर आर्थिक लाभ हुनेछ। चुनौतीहरू बुद्धिमत्तापूर्वक समाधान हुनेछन्। आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। कार्यक्षेत्रमा सफल हुनुहुनेछ। सवारीमा सावधानी अपनाउनुहोस्। नयाँ सम्पर्कले फाइदा ल्याउनेछ। लगनशीलताले प्रतिष्ठित अवसर दिलाउनेछ। नयाँ काम र दिगो लाभको सम्भावना छ।