शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फाइदाजनक रहला ?

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फाइदाजनक रहला ?

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फाइदाजनक रहला ?

    आज विक्रम संवत् २०८२ साल ज्येष्ठ १७ गते, शनिबार, ईश्वी सन् २०२५ मे ३१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ शुक्लपक्ष, पंचमी तिथी, तिष्य नक्षत्र, आनन्दादिमा–मित्र योग, चन्द्रराशि–कर्कट ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आर्थिक क्षेत्रमा नयाँ अवसरहरू खुल्नेछन्। सवारी साधनको कारोबारबाट राम्रो आम्दानी हुनेछ। व्यापारमा लाभदायी सम्भावना देखिन्छ। खर्च नियन्त्रणमा राख्दा वित्तीय सन्तुलन कायम हुनेछ। तर, अरूको भर पर्नाले धोका हुन सक्छ, सावधान रहनुहोस्। हल्लामा नलागी सोचविचार गरेर निर्णय गर्दा दीर्घकालीन लाभ मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिनमा उद्योग र व्यवसायमा लगानीको राम्रो अवसर देखिन्छ। नयाँ योजना र काममा मिहिनेत गर्दा नाफा कमाउन सकिनेछ। परिवार र आफन्तबाट सहयोग पाइनेछ, जसले आर्थिक रूपमा आत्मविश्वास बढाउँछ। घर निर्माण वा ठेकापट्टा कामबाट पनि आम्दानी हुनेछ। खर्चको नियन्त्रणमा ध्यान दिनुपर्छ। थोरै लगानीबाट राम्रो नाफा कमाउने सम्भावना बलियो छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिनमा चन्द्रमाको गोचरले नयाँ व्यवसायमा लगानीका अवसर खुल्नेछ। धन र भौतिक वस्तुहरूको संचय गर्ने अनुकूल समय हो। आकस्मिक धनलाभले आर्थिक स्थिति सुदृढ हुनेछ। पारिवारिक र सामाजिक सम्बन्धहरू मजबुत बन्नेछन्। व्यापार र पेशागत क्षेत्रमा संघर्ष देखिए पनि मिहिनेतले सम्मान र सफलता दिलाउनेछ। खर्चभन्दा बढी आम्दानी हुने योग बलियो छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन आर्थिक प्रगतिका लागि अनुकूल देखिन्छ। नयाँ प्रविधिको उपयोग गरेर काममा सुधार हुनेछ। पहिले नउठेका रकम उठेर आर्थिक स्थिति बलियो हुनेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ। आत्मविश्वासको वृद्धि र पराक्रमले नाफा कमाउने अवसर ल्याउनेछ। नयाँ लगानी वा योजना ल्याउन अनुकूल समय हो। परिवारसँग रमाइलोमा पनि खर्च हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन व्यापारमा विदेशी सामानबाट राम्रो लाभ कमाउन सकिनेछ। परिवारसँग रमाइलोमा खर्च हुनेछ। नयाँ अवसर खोज्न केही दौडधुप गर्नुपर्ने देखिन्छ। स्वरोजगारको लागि विदेश यात्राको सम्भावना छ। व्यवसायमा लगानी बढाउन कर्जाबाट धन जुटाउन सकिनेछ। खर्च बढे पनि दिगो कामका लागि अनुकूल समय हो। धैर्यले आर्थिक लाभ सुनिश्चित हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिनमा परिवार र आफन्तसँग आत्मियता बढेर आर्थिक र सामाजिक उन्नति गर्न सहयोगी बन्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सहभागिता बढ्नेछ। पैतृक सम्पत्ति र प्राकृतिक स्रोतको प्रयोगले आर्थिक लाभ हुनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजना सफल हुनेछन्। तर, आकस्मिक खर्च र कर्जाको आवश्यकता बढ्न सक्छ, खर्चमा संयम राख्नुहोला।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज व्यापार व्यवसायमा नयाँ प्रविधिको प्रयोगले आम्दानी बढ्नेछ। नोकरीमा नयाँ जिम्मेवारी पाइनेछ र मान सम्मान पनि वृद्धि हुनेछ। शेयर बजारबाट लाभको सम्भावना छ। परिवारसँग रमाइलो यात्रा र मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ। चुनौतीहरू आए पनि लगनशीलताले सफलता दिलाउनेछ। विवादास्पद जिम्मेवारी लिएर भविष्यका लागि आधार तयार पार्ने समय हो।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन सानो प्रयासले राम्रो नतिजा दिनेछ। व्यापार व्यवसायमा आम्दानी वृद्धि हुनेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको अवसर मिल्नेछ। मित्रको सहयोगले अप्ठ्यारो काम सजिलै पूरा हुनेछ। लगानी बढाउनुपर्ने हुन सक्छ। मेहनतले पदोन्नति र सम्मान दिलाउनेछ। अध्यात्ममा मन लागेर परोपकारमा सक्रिय बन्ने समय छ। शुभचिन्तकको साथले चुनौतीहरू हल हुनेछन्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज नसोचेको धन तथा सम्पत्ति प्राप्ति हुने योग छ। आफन्तको सहयोगले व्यापारमा वृद्धि हुनेछ। शुभ समारोहमा सहभागी भई मिष्टान्न भोजन गर्ने मौका पाइनेछ। लामो दूरीको यात्रा तय हुनेछ। तर पैसाको लेनदेनमा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा ध्यान दिँदै सरल व्यवहार राख्नाले सफलता मिल्नेछ। चुनौतीमा पनि अवसर खोज्ने समय छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज आर्थिक स्थिति मजबुत हुने छ र व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। लामो दूरीको रमाइलो यात्राको अवसर मिल्नेछ। पढाइमा प्रगति हुनेछ र मन प्रसन्न रहनेछ। साहस बढेर नयाँ अवसरहरू प्राप्त हुनेछन्। परिवार र साथीभाइसँग समय बितेर प्रेम र मित्रता कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा सुधार ल्याउनेछ। मेहनतले इच्छा पूरा हुने छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्दा अन्ततः तपाईंको पक्षमा नतिजा आउनेछ। रमाइलो यात्रा र आफन्तसँगको भेटले उत्साह बढाउनेछ। प्रणय सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययन र उद्योग व्यवसायमा फाइदा मिल्नेछ। संगीत र कलामा प्रगति हुनेछ। गोपनीयता कायम राख्नुपर्छ, अन्यथा समस्या आउन सक्छ। मिहिनेतले सफलता र लाभ दिलाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आज विभिन्न अवसरको सदुपयोगले धन र सम्पत्ति सङ्ग्रह हुनेछ। मित्रहरूको सहयोगले कामहरू सहज रूपमा पूरा हुनेछन्। पढाइमा सुधार र मेहनतले राम्रो नतिजा ल्याउनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। अध्ययनको सिलसिलामा यात्रा हुने सम्भावना छ। सहयोगीहरूको साथले अप्रत्याशित लाभ हुनेछ। शुभचिन्तकको समर्थनले उत्साह बढ्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय