आज विक्रम संवत् २०८२ साल जेष्ठ १६ गते, शुक्रबार, ईश्वी सन् २०२५ मे ३० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, चतुर्थी तिथी, पुनर्वशु नक्षत्र, आनन्दादिमा–लुम्ब योग, चन्द्रराशि–मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न स्रोतबाट आय आर्जन हुने दिन हो। लगानीका अवसरहरू प्राप्त हुनेछन् र मिहिनेतले दीर्घकालीन नाफा ल्याउनेछ। उद्योग(व्यवसायमा सामान्य फाइदा हुनेछ। तर विश्वास गरेर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयता र सतर्कता आवश्यक छ। विवादित विषयले खर्च बढाउन सक्छ, त्यसैले सोचविचार गरेर आर्थिक निर्णय लिनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिनले नयाँ आयका स्रोतहरू खुलाउनेछ। होटल रेस्टुरेन्टमा लगानी लाभदायक रहनेछ। योजनाबद्ध तरिकाले काम गर्दा आर्थिक कारोबारमा सफलता मिल्नेछ। बोलीको प्रभाव र आत्मविश्वासले व्यवसायमा लाभ पुर्याउनेछ। यात्रा र लगानीको निर्णयले दिगो नाफा दिलाउने सम्भावना छ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय हो, मेहनतले राम्रो प्रतिफल मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिनले नयाँ आम्दानीका अवसरहरू ल्याउनेछ। व्यवसायमा लगानीले राम्रो प्रतिफल दिलाउनेछ। विशेष व्यक्तिहरूसँगको भेटघाटले व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह ल्याउनेछ। जोखिमबाट बचेर योजनाबद्ध तरिकाले अगाडि बढ्दा आर्थिक स्थिरता मिल्नेछ। पछिका लागि जग बसाउने समय भएकाले ध्यान दिनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विदेश यात्रा र अध्ययन(व्यवसायका लागि आजको दिन फलदायी रहनेछ। एनजिओ र आईएनजिओबाट अवसर मिल्ने सम्भावना छ। खर्च बढ्न सक्छ, तर उपलब्धिमूलक काम सम्पन्न हुनेछन्। व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछ। ऋण कर्जा लिनुपर्ने आवश्यकता आउन सक्छ, त्यसैले आर्थिक योजनामा सावधानी अपनाउनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तरल पदार्थ र हाइड्रोपावरमा लगानी फस्टाउनेछ। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ। कृषि तथा पशुपालन व्यवसायमा सुधारले आम्दानी बढ्ने सम्भावना छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ हुनेछ। खर्च भए पनि मेहनत र लगानीले दीर्घकालीन फाइदा दिनेछ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुपर्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू वृद्धि हुनेछ। नयाँ व्यापार अनुबन्ध सफल हुनेछन् र दिगो फाइदाका लागि नयाँ काम सुरु हुनेछ। बुवा सरह व्यक्तिको सहयोगले व्यवसाय बलियो बनाउनेछ। नोकरी तथा व्यवसायमा चुनौतीहरू पार गर्दै सफलता मिल्नेछ। सामाजिक जिम्मेवारी र नेतृत्वका अवसर प्राप्त हुने समय छ। प्रतिष्ठा र लोकप्रियता बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज व्यापार व्यवसायमा नयाँ योजना बन्नेछ र दिगो फाइदा हुने काम सुरु हुने संकेत छ। जिम्मेवारी सफलतापूर्वक पुरा गरि नाम र प्रतिष्ठा कमाउने समय छ। साथीभाइको सहयोगले हिम्मत मिल्नेछ। कानुनी समस्या समाधान हुनेछन्। अवसरवादीहरूले चुनौती दिन सक्छन्, तर मेहनतले भविष्यमा लाभ दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने सम्भावना छ। व्यावसायिक यात्रा तय हुनसक्छ र पदीय जिम्मेवारी मिल्नेछ। शुभचिन्तकको सुझावमा ध्यान दिए लाभ हुनेछ। व्यापारमा गोपनीयता कायम राख्नुपर्नेछ। स्वास्थ्य कमजोर हुँदा तत्काल उपलब्धि कठिन हुन सक्छ। सहयोगीहरू पछि हट्न सक्छन्, त्यसैले गोपनीयतामा सतर्क रहनुहोला। काम पूरा गर्न समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकल र साझेदारी व्यापारमा लगानीबाट राम्रो नाफा हुनेछ। दीर्घकालीन योजना बनाउनुहोस् र आर्थिक निर्णयमा जानकारको सल्लाह लिनुहोला। व्यापार तथा पेशामा फाइदा मिल्नेछ। परिवार र आफन्तको साथले उत्साह जगाउनेछ। पढाइमा ध्यान कम हुने सम्भावना छ। आलस्यले काममा ढिलाइ हुन सक्छ, त्यसैले सतर्क रहनुपर्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा लगानीले आम्दानी बढ्नेछ। सरकारी कार्यालयलाई सामान सप्लाई गर्दै मनग्गे लाभ हुनेछ। पुराना ऋण र रोगबाट मुक्ति मिल्नेछ। कुटुम्ब र मावलीबाट सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धामा बुद्धिको प्रयोगले प्रतिष्ठा जोगिनेछ। स्रोतसाधन जुटाएर दिगो फाइदा हुने काम सुरु हुनेछ। विवादमा आफ्नो पक्ष बलियो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसाय फस्टाउनेछ र शिक्षा क्षेत्रमा लगानीबाट मनग्गे लाभ हुनेछ। आकस्मिक धन प्राप्त हुने सम्भावना छ। रोकिएको पैसा मिल्नेछ र पेशामा सम्मान बढ्नेछ। मिहिनेतले थोरै भए पनि दिगो फाइदा हुने काम सम्पन्न हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। पहिलेका कमजोरी सुधार गरेर भविष्यमा ठूला उपलब्धि हासिल गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सवारी साधन, पहिरन र खाद्यान्न व्यापारबाट मनग्गे लाभ हुनेछ। परिवारको साथले नयाँ काम गर्न हौसला मिल्नेछ। राजनीतिक क्षेत्रमा जिम्मेवारी मिल्ने सम्भावना छ। यात्रामा सावधानी आवश्यक छ। हिस्सेदारसँग असमझदारीले समस्या आउन सक्छ। नसोचेको धन प्राप्त भएर घरायसी अभाव पुरा हुनेछ। योजना सार्वजनिक गर्दा सतर्क रहनुहोला।