images
Logo
images

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब बजेट

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब बजेट

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब बजेट

    काठमाडौं/ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्नका लागि आगामी आर्थिक वर्ष २०८२ ८३ मा चार अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।

    images
    images

    अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

    उनका अनुसार त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक, सुविधा सम्पन्न र पर्यटकमैत्री बनाउन बुटिक विमानस्थलको अवधारणा अघि सारिएको हो।

    सरकारले यसअघि नै २०७६ सालको वैशाख १ गतेदेखि विमानस्थललाई बुटिक मोडेलमा लैजाने तयारी थालेको थियो। त्यसयता चरणबद्ध रूपमा पूर्वाधार विकास, सेवा सुधार र व्यवस्थापनमा काम हुँदै आएको छ।

    बुटिक विमानस्थल मोडलअनुसार विमानस्थलमा आकर्षक डिजाइन, आन्तरिक साजसज्जा, आधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ।

    सरकारको यो कदमले पर्यटकको सन्तुष्टि बढाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय