काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ४७ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै २०८१ असारसम्म कुल ४७ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको बताएका हुन् ।
स्वीकृत लगानीमध्ये ६८.१५ प्रतिशत उद्योग विभाग मार्फत र ३१.८५ प्रतिशत लगानी बोर्ड नेपालमार्फत स्वीकृत गरिएको बताए ।
सर्वेक्षणअनुसार २०८१ फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ।
त्यसमध्ये चालु आवको फागुनसम्म मात्रै १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति दिइएको छ।