निगमले रोक्यो तत्कालिन क्याप्टेन लिम्बुको सेवा सुविधा, भ्रम नछर्न चेतावनी

निगमले रोक्यो तत्कालिन क्याप्टेन लिम्बुको सेवा सुविधा, भ्रम नछर्न चेतावनी

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • निगमले रोक्यो तत्कालिन क्याप्टेन लिम्बुको सेवा सुविधा, भ्रम नछर्न चेतावनी

    काठमाडौँ / नेपाल वायुसेवा निगमले आफ्ना पूर्व क्याप्टेन कुल बहादुर लिम्बुलाई प्रदान गर्दै आएको सेवा तथा सुविधा रोकेको छ । निगमको कार्यकारी समितिको गत फागुन ५ गते बसेको बैठकले नै अर्को निर्णय नहुँदासम्मका लागि लिम्बुको सेवा सुविधा रोक्ने निर्णय गरेको थियो । 

    images
    images

    पूर्व क्याप्टेन लिम्बु त्रिभुवन विमानस्थलबाट नेपालगञ्जमा अवतरणको क्रममा दुर्घटनामा परेको थाई-९ डीएचसी-८ विमानका पाइलट थिए। 

    दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ८० बमोजिम उनको उडान अनुमति पत्र (लाइसेन्स) निलम्बन गरेको थियो। सोही आधारमा निगमले २०७७ असार १ गतेदेखि लागू हुने गरी उनको करार सेवा भंग गरेको थियो।

    उक्त करार भंगविरुद्ध लिम्बुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। तर, अदालतले मिति २०७७ कार्तिक २२ गते निगमको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै फैसला सुनाएको थियो।

    सर्वोच्चको फैसलापछि लिम्बुले आफूलाई सेवाबाट हटाइएको मितिदेखि करारको अन्तिम म्यादसम्मको ७ महिनाको तलब माग गरेका थिए। उनले प्रतिमहिना १० लाख ९६ हजार ८७५ रुपैयाँका दरले तलब माग गरेका थिए। 

    तर, अदालतको आदेशअनुसार सम्झौता भंग भइसकेको कारण निगमले यस्तो माग कानुनी रूपमा अस्वीकार्य रहेको जनाएको छ।निगमको भनाइ अनुसार,  क्याप्टेन लिम्बुले फेसबुक लगायत सामाजिक सञ्जालमार्फत् निगमका पत्र र कागजातहरू सार्वजनिक गर्दै अनधिकृत रूपमा प्रचारप्रसार गरिरहेको पाइएपछि सो निर्णय गरिएको हो। 

    उक्त कार्यले निगम र व्यवस्थापनको मानमर्दन गरेको भन्दै जनाउँदै निगमले पूर्व क्याप्टेन लिम्बुलाई कपोलकल्पित, भ्रामक र गैरकानुनी सूचना सार्वजनिक नगर्न चेतावनी दिएको छ। 

    निगमले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुलाई पदीय मर्यादा एवं जिम्मेवारी बुझेको व्यवहार गर्न पनि आग्रह गरेको छ । उनी निगमको पूर्व कर्मचारी एवम् महाप्रबन्धक समेत हुन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय