गोर्खा पुगेका प्रचण्डले भने – बूढीगण्डकी बनाउन राजनीतिक समझदारी आवश्यक

गोर्खा पुगेका प्रचण्डले भने – बूढीगण्डकी बनाउन राजनीतिक समझदारी आवश्यक

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • गोर्खा पुगेका प्रचण्डले भने – बूढीगण्डकी बनाउन राजनीतिक समझदारी आवश्यक

    गोरखा / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवकोे बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् । 

    images
    images

    गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताएका हुन् । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे ।

    ‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,” आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले बताए । 

    “बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ,” उनले भने,“यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौँ ।” 

    सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए । 

    “सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो”, अध्यक्ष दाहालले भने,“जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।”

    उनले पछिल्लोसमय सघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय