डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • images
    images
    डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका
    images
    images

    काठमाडौँ / दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ । बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर, तौल जाँच गर्दा चार सय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । 

    सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिँदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस्थानको व्यवस्थापनलाई कमजोर बनाउने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।  

    यादवमाथि गम्भीर आर्थिक अनियमितता, स्रोत साधनको दुरूपयोग र नियोजित रूपमा दूध सङ्कलनदेखि दुध तथा दुग्ध पदार्थ बिक्री वितरण प्रणालीमा भ्रष्टाचार गरेको आरोप कर्मचारीले लगाएका छन् ।

    संस्थानका कर्मचारी संघ–सङ्गठनहरूले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै यादवको गतिविधिले संस्थानको साख र आर्थिक व्यवस्थामा दीर्घकालीन नोक्सानी पु¥याएको दाबी गरेका छन् । 

    कांग्रेस निकट कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका यादवको शैक्षिक योग्यता १२ कक्षा (आईएस्सी) मात्र रहेको तथ्य बाहिरिएपछि उनको नियुक्ति प्रक्रिया, नेतृत्व क्षमता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।

    यद्यपि, आयोजना प्रमुख बन्नका लागि कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्नेमा कमजोर शैक्षिक योग्यता भएका व्यक्तिलाई नियुक्त गरिएको पाइएकाले संस्थानमा व्यावसायिक क्षति पुग्न गएको कर्मचारी संघको दाबी छ । 

    कर्मचारी संगठनहरूको आरोप अनुसार यादवले राजनीतिक पहुँच र शक्तिकेन्द्रको आडमा करिब ११ वर्षदेखि ढल्केवर, हेटौँडा, विराटनगर हुँदै २०८१ सालसम्म निरन्तर बलाजुस्थित आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको र सो अवधिमा संस्थानलाई क्षति पुर्याएको कर्मचारीहरूको भनाइ छ । 

    दुधको प्याकेटमा कम तौल पाइएको घट्नामा नक्कली ग्राहक बनेर नाटकीय शैली प्रस्तुत गरिएको पाइएको छ । उक्त घट्नामा एक पत्रकारले साथ दिएको डिडीसीका कर्मचारीहरूको भनाइ छ । 

    कम तौल भएको प्याकेट बाहिरबाटै लगेर पसलमा नाटकीय शैली अपनाइएको सीसीटीभी फुटेजमा देखिएको छ । निज यादव स्वयं बूथमा पुगेर कम तौलको दूधको प्याकेट लैजाँदै गरेको दृश्य देखिएको छ । 
    यसैबीच, यादवले संस्थानको स्रोतसाधन आफ्नै स्वार्थमा प्रयोग गर्ने, निजी डेरी व्यवसायसँग मिलेमतो गर्ने र बिक्री बितरण प्रणालीमा गडबडी ल्याउने कार्य विगतदेखि नै गर्दै आएको भन्दै कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् ।

    यस्ता घटनाका कारण ग्रामीण भेगका हजारौं दुग्ध उत्पादक किसानहरू मर्कामा परेका छन् । दूधको उचित मूल्य नपाउँदा किसानहरू बारम्बार आन्दोलनमा जान बाध्य भएका छन् भने कतिपय अवस्थामा दूध फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ ।

    सार्वजनिक गरिएको सीसीटीभी फुटेजका आधारमा घट्नामा संलग्न भएको  विषयमा पुष्टि भए यादवललाई दुग्ध विकास संस्थानको कर्मचारी विनियमावली २०६३ को परिच्छेद ११, दफा १३४ को उपदफा (क) मा उल्लेख भए बमोजिम, यदि कुनै कर्मचारीले जानाजान वा लापरवाहीपूर्वक संस्थानलाई क्षति पु¥याएको प्रमाणित भएमा तत्काल सेवाबाट बर्खास्त गर्न सकिने स्पष्ट व्यवस्था छ ।

    कम तौल भएको घट्नाका विषयमा संस्थानका प्रवक्ता निलकन्ठ गौतमले मेसिनले सेटिङ् गर्दागर्दै वा टिपेर क्रेटमा राख्ने कर्मचारीले अलिकति ध्यान नदिंदा तौलमा सन्तुलनमा विग्रिएको हुनसक्ने बताए । ‘सेटिङ गर्नेक्रममा नै केही गडबडी भएको हुनसक्छ । तर कसैले चाहेर जानीजानी त्यस्तो प्याकेट बजारमा लानसक्ने सम्भावना छैन् । मेसिनबाट कहिलेकाहीं सेटिङ गर्दागर्दै पनि झरिहाल्यो र त्यसमा तौल कम रहेछ भनेर टिप्ने मान्छेले सचेतना अपनाएन भने त्यस्तो सम्भावनाहरू हुन्छ,’ उनले भने ।  

    उक्त घटनाका सम्बन्धमा कानूनी प्रक्रिया अनुसार वा संस्थानको विनियम अनुसार कारवाहीको प्रक्रिया अघि बढ्ने बताए । ‘एउटा सीसीटीभी फुटेज बाहिर आएको छ । शंका लागेको व्यक्तिलाई फुटेजलाई आधार मानेर स्पष्टिकरण सोधिएको अवस्था छ । त्यसको जवाफलाई आधार मानेर संस्थानले निर्णय गरिसकेको छैन,’ प्रवक्ता गौतमले भने ।

    संस्थानको बालाजु प्लान्टमा म्यानेजर इन्द्रभुषण कुमार यादवले कम तौल भएको दूधको प्याकेट बजारमा पुगेको विषय सुनियोजित भएको बताए । 

    ‘यस विषयमा छानविन गरेर सीसी क्यामेरा फुटेज कैन्द्रीय कार्यालयमा पठाइएको छ । अनुसन्धान जारी छ । हामी उपभोक्तालाई ठगी गर्ने काम हामी गर्दैैनौँ । हामीले नापतौल विभागलाई पनि अनुगमन गर्न अनुरोध गरेका छौँ,’ उनले अगाडि भने,‘आँखाले नदेखेको कुरालाई उनीहरूले देखाएर डीडीसीको बद्नाम गर्न खोजिएको छ । सीसीटीभीमा स्पष्ट देखिएको छ । जिल्ला प्रशासनमा पनि अवगत गराएका छौँ,’ उनले केही मिडियाहरू लागि परेर बार्गेनिङ गर्न खोजेको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com