आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • images
    images
    आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज वि.सं.२०८२ साल ज्येष्ठ ११ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ मे २५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, त्रयोदशी तिथी, अश्विनी नक्षत्र, आनन्दादिमा–आनन्द योग, चन्द्रराशि–मेष ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउने सम्भावना रहेको दिन हो। लगानीका लागि अनुकूल वातावरण बन्नेछ, विशेषतः नयाँ क्षेत्र वा साझेदारीमा। प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिने अवसर प्राप्त हुनेछ। आयआर्जनका वैकल्पिक स्रोतहरू खुल्नेछन्। तर कानुनी र नियमनात्मक पक्षमा ध्यान दिनु आवश्यक छ। इच्छाशक्ति र आत्मविश्वासले आर्थिक निर्णयहरूमा सफलता दिलाउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पेशा–व्यवसाय स्वाभाविक रूपमा चल्नेछ, दैनिक खर्च धान्न सजिलो हुने छ भने बचतको सम्भावना पनि रहन्छ। उद्योग तथा व्यापारमा लाभ देखिए पनि लगानी गर्दा होसियारी अपनाउनु आवश्यक छ। अवसर खोज्न दौडधुप गर्नुपर्नेछ तर अत्यधिक खर्चले असहजता ल्याउन सक्छ। साना फाइदामा सन्तुष्ट हुनुपर्ने समय भएकाले जोखिम घटाएर अघि बढ्नु उपयुक्त हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार, उद्योग, शेयर बजार र बैंकिङ कारोबारमा नाफा कमाउने राम्रो अवसर छ। पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्नेछ। कृषि, पशुपालन र तरलरखनिज पदार्थको व्यवसायमा फाइदा हुनेछ। साझेदारीमा लाभ मिल्नेछ। रोकिएको रकम उठ्ने सम्भावना छ। घुमफिर र विलासिता खर्च बढ्न सक्छ। मेहनत गरे नयाँ आम्दानीका स्रोत खुल्नेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यवसायलाई समयअनुकूल परिमार्जन गरेमा मनग्गे आम्दानी हुनेछ। कृषि, शेयर बजार तथा पैतृक सम्पत्तिबाट लाभ लिने अवसर छ। नयाँ योजनामा सहभागी भई आम्दानीको नयाँ बाटो खोल्न सकिनेछ। अभिभावकको सहयोगले आर्थिक निर्णयहरू सहज बन्नेछन्। प्रतिष्ठा र इनामको सम्भावना रहेकाले मेहनतले सम्मानसाथै आम्दानी पनि दिलाउनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आकस्मिक रूपमा धन र सम्पत्ति प्राप्त हुने योग छ। व्यापार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीले अपेक्षित प्रतिफल दिन सक्छ। कडा मेहनतले दीर्घकालीन आम्दानी सुनिश्चित गर्नेछ। तर, स्वास्थ्य कमजोरी र समयको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। खर्च बढे पनि सेवामूलक कामबाट प्रतिष्ठा र भविष्यमा आर्थिक अवसर प्राप्त हुने सम्भावना छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ भने व्यापार र शेयर बजारमा उल्लेख्य वृद्धि देखिनेछ। थप लगानीका अवसर खुल्न सक्छन्, तर तत्काल लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिनु उपयुक्त हुनेछ। कामको चाप बढे पनि मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्य कमजोर हुन सक्छ, खर्च नियन्त्रणमा राख्नु राम्रो हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    परिवार र आफन्तको साथले आर्थिक काममा उत्साह बढ्नेछ। व्यापार सम्बन्धी यात्राबाट लाभ हुने सम्भावना छ। आयआर्जन बढ्नेछ र नयाँ आम्दानी स्रोत सुरु गर्न सकिनेछ। सहयोग र उपहार प्राप्त हुनसक्छ, जसले आर्थिक स्थिति थप सुदृढ बनाउनेछ। फुर्सदिलो समय र रमाइलो भेटघाटबीच पनि व्यावसायिक अवसरहरू फस्टाउनेछन्।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    छोटो दुरीको व्यापारिक यात्रा लाभदायक हुनेछ। निर्माण सामग्री, खाद्यान्न र पहिरन व्यापारमा वृद्धि हुनेछ। नयाँ काम वा बढुवाको अवसर छ। ऋण र रोगबाट मुक्ति मिल्नेछ। तर, अनावश्यक खर्चले चिन्ता बढाउन सक्छ। प्रतिस्पर्धीहरूको चुनौती रहिरहने हुँदा सचेत र मेहनत आवश्यक छ। लगानी सोचविचार गरी अघि बढ्नुपर्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सहयोग पाइने भएकाले काममा जोश बढ्नेछ। शेयर बजारबाट नाफा कमाउने योग छ। आकस्मिक धन लाभ हुनेछ। प्रतिष्ठा र यश बढ्नेछ। रमाइलो यात्रा र उपहार प्राप्ति सम्भावना छ। चुनौती र अप्ठ्याराहरू आए पनि गुरुजनको सहयोगले सफल हुनेछन्। खानपान र संगतमा सावधानी अपनाउनु पर्ने समय छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आमाको सहयोगले व्यापार र पेशामा सफलता मिल्नेछ। घरजग्गा र सवारी साधनको कारोबारबाट लाभ हुने सम्भावना छ। शेयर बजार र वित्तीय क्षेत्रमा लगानीले राम्रो प्रतिफल दिनेछ। परिवार र समाजमा प्रतिष्ठा बढ्नेछ। तर, असावधानी र बेसुरो वचनले समस्या आउन सक्छ, त्यसैले योजना गोप्य राखेर सचेत भएर अगाडि बढ्न आवश्यक छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    छोटो दूरीको रमाइलो यात्राले मन प्रसन्न हुनेछ। खाद्यान्न, गरगहना र निर्माण सामग्रीको व्यापारबाट राम्रो आम्दानी हुनेछ। बैंक, वित्तीय क्षेत्र र शेयर बजारमा लगानीले लाभ दिनेछ। रोकिएका काम बन्ने र नयाँ अवसरहरू सुरु हुनेछन्। शत्रु परास्त भएर प्रतिस्पर्धीलाई पछि पार्ने मौका छ। कृषि र व्यवसायबाट पनि आर्थिक लाभ हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यवसायमा लगानीले तत्काल लाभ नदिन सक्छ, तर भविष्यका लागि राम्रो हुनेछ। आर्थिक अवस्था कमजोर रहँदा पैसा माग्नेहरूको संख्या बढ्नेछ। योजना पूरा नहुन सक्ने र अवसर गुम्ने सम्भावना छ। परिवारमा मनमुटाव हुन सक्छ, त्यसैले धैर्य राख्नुपर्छ। आलोचना र विवादबाट बच्न सचेत रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com