शनिबारको राशिफल : आज तपाईँको समय कस्तो चल्दैछ ?

शनिबारको राशिफल : आज तपाईँको समय कस्तो चल्दैछ ?

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    शनिबारको राशिफल : आज तपाईँको समय कस्तो चल्दैछ ?
    images
    images

    आज वि.सं. २०८२ जेठ १० गते, शनिवार, तदनुसार २४ मे २०२५, ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथी, रेवती नक्षत्र, आनन्दादिमा–धाता यो चन्द्रराशि मीन । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज समयमै काम सम्पन्न हुने र सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाउने योग छ। व्यापारमा नाफा हुनेछ र नयाँ लगानीका अवसर खुल्नेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। यात्राका योग छन्। चिन्ता र असमझदारी भए पनि दिउँसोपछि सुधार आउनेछ। नयाँ प्रस्ताव र सहयोग प्राप्त भई उत्साह बढ्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज बिहानको समय पढाइ, लेखाइ र योजनाका लागि निकै फलदायी रहनेछ। रोकिएका काम बन्नेछन् र नयाँ अवसर हात लाग्नेछ। आर्थिक पक्ष सबल रहँदा व्यापारमा लगानीको राम्रो समय छ। साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिउँसोपछि खर्च बढ्न सक्छ, तर प्रयास अनुसार सफलता प्राप्त हुनेछ। यात्राको योग पनि बलियो छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आज व्यापारमा लगानी गरी आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। आफन्तको सहयोग मिल्नेछ भने माया प्रेममा नजिकिएको अनुभव हुनेछ। भौतिक सम्पत्ति र यात्रामा लाभ मिल्नेछ। दिउँसोपछि गुमेको प्रतिष्ठा फर्कनेछ, आयका नयाँ स्रोत खुल्नेछन्। सहकारी तथा वित्तीय क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज चुनौतीहरूलाई पार गर्दै काममा सफलता मिल्नेछ। प्रेम, मित्रता र पारिवारिक सम्बन्धमा सुदृढता आउनेछ। सामाजिक कामले प्रतिष्ठा बढाउनेछ भने शुभचिन्तकहरूको साथले उत्साह थपिनेछ। विद्यार्थीको अध्ययनमा प्रगति हुनेछ। दिउँसोपछि परिस्थितिमा सुधार आउनेछ र नयाँ योजनाका लागि मार्ग खुल्नेछ। कामको यश प्राप्त गर्दै भविष्य निर्माणतर्फ अघि बढ्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज बिहान स्वास्थ्य समस्याले काममा बाधा पुर्‍याउन सक्छ र काम समयमै पूरा नहुन सक्छ। सहयोग भन्दा आश्वासन दिनेहरू बढी भेटिन सक्छन्। मध्यान्हपछि आफन्त र अग्रजको सहयोगले राम्रो काम गर्न सकिनेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ। खर्च र चुनौती भए पनि बुद्धि प्रयोगले लक्ष्य प्राप्त हुनेछ। दिउँसोदेखि स्थिति सुधार हुँदै जानेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज बिहान व्यापारबाट राम्रो आम्दानी हुने र व्यापार सम्बन्धी यात्रा हुनेछ। पढाइमा सफलता मिल्नेछ तर मध्यान्हदेखि आफन्त र माइतीबीच बैमनस्यता बढ्ने सम्भावना छ। माया प्रेम र दाम्पत्य जीवनमा चुनौतीहरू आउनेछन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। रमाइलो यात्रा र पुरस्कार प्राप्त हुने समय छ। दिउँसो केही कठिनाइ र काम बिग्रने सम्भावना छ, सतर्क रहनु आवश्यक छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पर्यटन र यात्रा क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ हुनेछ। व्यवसाय फस्टाउनेछ र व्यापारकै सिलसिलामा यात्रा हुनेछ। साझेदारीबाट राम्रो आम्दानी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। योजना अनुसार काम गर्दा सफलता मिल्नेछ। नोकरी वा पेशामा आकस्मिक यात्रा हुनेछ। मेहनतले प्रतिस्पर्धा जित्न मद्दत गर्नेछ। दिउँसो अवसरहरू बढ्नेछन् र रमाइलो व्यापारिक यात्रा हुनेछ। ज्ञान र व्यक्तित्वमा पनि सुधार आउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज व्यवसायमा लगानी बढाएर आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। पुराना रोगहरू निको हुनेछन् र मामा–मावलीको सहयोग पाइनेछ। पढाइमा अग्रता हासिल हुनेछ भने लामो दुरीको यात्रा हुनेछ। सामाजिक दायित्व बढ्नेछन् र प्रतिस्पर्धामा सफलता मिल्नेछ। बिहान केही सानोतिनो समस्याले अलमलिन सकिन्छ तर दिउँसोबाट स्थितिमा सुधार हुनेछ। मेहनत र बुद्धिले विजयी बन्न सकिनेछ। यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुपर्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज बिहान सामान्य स्वास्थ्य समस्या र प्रतिस्पर्धीहरूको अवरोधले काममा कठिनाई हुन सक्छ। मध्यान्हपछि व्यवसायमा लगानीले राम्रो नाफा दिनेछ। पढाइमा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। यात्रा र खानपानमा समय बित्नेछ। तर अरूको फाइदाका लागि प्रयोग हुन सक्ने र धोका पाउने सम्भावना छ। साझेदारसँग असमझदारी बढ्न सक्छ। दिउँसो साथीभाइसँग सन्तुलित व्यवहार गर्नु जरूरी छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज बिहानको समय राम्रो रहेकोले जोशिलो मेहनतले सफलता पाउनेछ। सानो प्रयासले पनि राम्रो फाइदा हुनेछ भने प्रतिस्पर्धी पराजित हुनेछन्। मध्यान्हमा राजनीति र समाजसेवामा सक्रिय हुँदा सन्तुलित व्यवहार गर्नुपर्नेछ, नत्र काम बिग्रने र मान सम्मानमा कमी आउनेछ। सवारी साधनको व्यापारबाट नाफा हुनेछ। व्यवसाय र नोकरीमा झूटो आरोप लाग्न सक्ने हुँदा सावधानी अपनाउनुहोस्। दिउँसो समस्याले काम रोक्न सक्छ र साथीभाइ टाढिनाले एक्लोपना लाग्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रोकिएका कामहरू पूरा हुने र नयाँ अवसरहरू सिर्जना हुने समय छ। पढाइ लेखाइमा सुधार हुँदै सफलता नजिक पुग्नेछ। छिमेकी र दाजुभाइबाट सहयोग पाइएपछि जोसिलो काम गर्न सकिनेछ। सानो प्रयासले ठूलो फाइदा मिल्ने र प्रतिस्पर्धी परास्त हुनेछन्। साहित्य र कलाक्षेत्रमा सफलता मिल्नेछ। धर्म, संस्कृति र आध्यात्मिकतामा पनि प्रगति हुनेछ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आत्मविश्वास कम हुँदा केही पछि पर्ने सम्भावना छ। शुभचिन्तकको सुझाव मान्नु राम्रो हुनेछ। दिउँसो नयाँ योजना अघि बढ्नेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। मन प्रसन्न रहला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मिठो बोलीले धेरै काम सजिलै सम्पन्न हुनेछन्। गीत(संगीत र मनोरञ्जन क्षेत्रमा समय खर्च गर्दा राम्रो आम्दानी हुनेछ। धन र सम्पत्ति सही रूपमा परिचालन गरेर आम्दानी बढाउन सकिन्छ। भोजनसम्बन्धी व्यवसायबाट पनि लाभ हुनेछ। नयाँ कार्य प्रस्ताव आउने र प्रतिष्ठित काम गर्ने अवसर हुनेछ। तर समयमा काम नगर्दा समस्या आउन सक्छ। अरूका लागि श्रम खर्च्नुपर्ने र साथीभाइको सहयोग जुटाउन कठिनाइ हुन सक्छ। श्रमबाट अरूले फाइदा उठाउने सम्भावना छ। कामको फल पाइरहे केही समय लाग्न सक्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com