रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख रुपैयाँ दावी बिमा भुक्तानी

रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख रुपैयाँ दावी बिमा भुक्तानी

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख रुपैयाँ दावी बिमा भुक्तानी
    images
    images

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँको घातक रोग वापतको बिमा दावी हस्तान्तरण गरेको छ ।कम्पनीले २०७७ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बिमा अवधि रहने गरी २० लाख रुपैयाँको जीवन बिमा खरिद गरेका  भरतपुर–३, चितवन निवासी महेश बानीयाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

    बिमितले तीन किस्ता मात्र बिमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८०/०१/०२ मा पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । 

    त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौँ लगिएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पुस १५ गतेको दिन उनको कलेजो प्रत्यारोपण गरिएको थियो । 

    नेपालमा अत्यन्तै महँगो उपचार पद्दती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लाडि झन्डै २० लाखसम्म खर्च लाग्ने गर्दछ । 

    निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बिमा दाबी रकम हस्तान्तरण गरेको हो । 

    कम्पनीद्वारा मिति २०८२/०२/०७ बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख  राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बिमितलाई हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा बोल्दै बिमित महेश बानियाँले उक्त दुःखद् समयमा बिमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बिमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पूर्ण हल्लाहरू निराधार साबित भएको समेत बताए । 

    आफूलाई जीवन बिमा गराउनका लागि सहि समयमा नै प्रस्ताव गर्ने बिमा अभिकर्ता सरस्वती गौतमलाई बिशेष धन्यवाद दिँदै भोलीका दिनमा आफू जस्तै समस्यामा पर्नसक्ने सबैलाई बिमाको दायरामा ल्याउनका निमित्त लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रममा बोल्दै बक्ताहरूले बिमाको महत्त्व, बचत, बोनस, नेपालमा बिमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षति न्यूनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बिमा गर्नुपर्ने कुरामा जोड दिए । 

    उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागांई, बिषुकुमारी कुँवर, समिता दराई, तारा कुमाल,MDRT जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानीयहरूको समेत उपस्थिती रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com