ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई

ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई

    काठमाडौँ / नेसपा (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि जान सक्यो भने नेपाल बन्ने बताएका छन् । 

    images
    images

    शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए । 

    उनले भने, ‘नेपालले नयाँ तरिकाले विश्वसँग गति मिलाएर जान सक्यो भने राम्रो हुन्छ ।  खासगरि छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि जानसक्यो भने गरिबी, बेरोजगारी लगायतको दुश्चक्रबाट नेपाल माथि उठ्न सक्ने सम्भावना बढेको छ ।’

    यस्तै, उनले राजनीतिक परिवर्तन ल्याए पनि बलिया संस्था बनाउन नसकेको भन्दै ब्यूरोकेसी, वित्तिय संस्था, राजनीतिक संस्था, भ्रष्ट्राचार नियन्त्रण संस्थालगायतका संस्थाहरूलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए । 

    उनले भने, ‘हामी किन पछाडि परिरहेका छौँ भन्ने कुरा आएको छ । ऐतिहासिक तरिकाले सय वर्ष जसरी पछाडी परि सकेका छौँ, अब संरचनात्मक तरिकाले अगाडि बढ्नुपर्छ । राजनीतिक परिवर्तन त ल्याएका छौँ तर बलिया संस्था बनाउन सकिरहेका छैनौँ । ब्यूरोकेसीको परिमार्जनदेखि वित्तिय, राजनीतिक संस्था, भ्रष्ट्राचार नियन्त्रण संस्थालगायतका संस्थाहरूलाई बलियो बनाउने ।’ 

    साथै, उनले औद्योगिक, कृषिप्रधान अर्थतन्त्र रूपान्तरणको साथै वित्तिय र मौद्रिक क्षेत्रका महत्वपूर्ण नीति परिवर्तन गरि राज्यका संस्थाहरूले विकासलाई गति दिने हो भने पनि नेपाल समृद्ध हुन सक्ने उल्लेख गरेका छन् । 

    वृद्धि, वितरण र दिगोपनको बाटो नै अबको बाटो हो भन्ने जुन विषय छ यसलाई गम्भिरतापूर्वक लिन सक्यौँ भने नेपाल बन्ने उनको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय