विश्व बजारमा विस्तार हुँदै सेरेस, थाइल्याण्डमा सेरेस ३ सार्वजनिक

विश्व बजारमा विस्तार हुँदै सेरेस, थाइल्याण्डमा सेरेस ३ सार्वजनिक

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    विश्व बजारमा विस्तार हुँदै सेरेस, थाइल्याण्डमा सेरेस ३ सार्वजनिक
    images
    images

    चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन इभि कम्पनी लिमिटेडमार्फत थाई बजारमा उपलब्ध गराइएको हो। 

    यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।

    सेरेस ३, दुई भेरियन्टमा उपलब्ध छ:

    कम्पनीले सेरेस ३ कम्फर्ट मूल्य ६,७०,००० थाई भाट तोकेको छ भने सेरेस ३ कम्फर्ट सनरुफको मूल्य ६,९९,९०० थाई भाट तोकेको छ । 

    एडिसन इभिको डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाईल्याण्डमा एउटा केन्द्रीय सोरुम स्थापना गर्ने तयारी गर्दैछ । 

    साथै, स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ। कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य रहेको छ।

    यो कदमले डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ। सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। 

    सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको छ।

    सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध छ। भित्री भागमा भने ग्राहकहरूको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प रहेका छन्।

    थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल इभि रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। 

    एडिसन इभि जस्ता अनुभवी साझेदारको साथमा यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको देखिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com