बैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, आयात र निर्यात कति ?

बैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, आयात र निर्यात कति ?

१० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • बैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, आयात र निर्यात कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म (१० महिना)को अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ नाघेको छ। 

    images
    images

    भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कअनुसार यस्तो घाटा गत बर्षको तुलनामा करिब ७ प्रतिशतले बढी हो।

    आर्थिक वर्ष २०८०/८१ बैशाख मसान्तसम्म व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो। १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । 

    यो गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको छ ।  गत वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

    आयातमा १३ प्रतिशत वृद्धि

    चालु वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि हो। गत आर्थिक बर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । 

    निर्यातमा उल्लेखनीय सुधार

    यस अवधिमा निर्यातमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्याङ्क छ। 

    अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो । यो तथ्याङ्कले चालु वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतले बढेको देखाउँछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय