विद्युत प्राधिकरण घाटामा रहेको देखाउने स्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का

विद्युत प्राधिकरण घाटामा रहेको देखाउने स्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • images
    images
    विद्युत प्राधिकरण घाटामा रहेको देखाउने स्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का
    images
    images

    काठमाडौँ / उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वेतपत्र यथार्थपरक रहेको बताएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन् । 

    उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझैँ यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुदैँछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’

    उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रूपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए । 

    ‘पूर्व एमडी गएपछि नयाँ एम्डि आएपछि भएको हैन । पूर्व एमडी हुँदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ । यो तालमेल मिलेको छैन । त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आईसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाई नाफा देखाइरहनुभएको छ यो तालमेल मिलेन यसको अडिट गरेर निर्णय गरेका छौँ,’ उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com