काभ्रेबाट कालीमाटी तरकारी बजारमा ल्याइएको हरियो धनियाँमा अत्याधिक विषादी

काभ्रेबाट कालीमाटी तरकारी बजारमा ल्याइएको हरियो धनियाँमा अत्याधिक विषादी

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • images
    images
    काभ्रेबाट कालीमाटी तरकारी बजारमा ल्याइएको हरियो धनियाँमा अत्याधिक विषादी
    images
    images

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा काभ्रेपलाञ्चोकबाट ल्याइएको हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। परीक्षणका क्रममा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । 

    यस्तो विषादीको उच्च मात्रा स्वास्थ्यका लागि हानिकारक भएकाले उक्त धनियाँ उपभोगयोग्य नरहेको पाइएको कालीमाटी बजार विकास समितिले जनाएको छ।

    केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ पसलबाट सङ्कलन गरिएका तरकारी तथा फलफूलको परीक्षण गर्दा यो परिणाम आएको हो। 

    कालीमाटी बजार विकास समितिले प्रहरीको सहयोगमा विषादीयुक्त धनियाँ नष्ट गरेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com