बीरगञ्जको सीमाक्षेत्रबाट ८१ हजार ४ सय ९० थान ट्रामाडोल लागूऔषध सशस्त्र प्रहरीले समायो

बीरगञ्जको सीमाक्षेत्रबाट ८१ हजार ४ सय ९० थान ट्रामाडोल लागूऔषध सशस्त्र प्रहरीले समायो

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • बीरगञ्जको सीमाक्षेत्रबाट ८१ हजार ४ सय ९० थान ट्रामाडोल लागूऔषध सशस्त्र प्रहरीले समायो

    पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ भगुवा सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० थान ट्रामाडोल हाईड्रोक्लोराइड नामक लागूऔषध बरामद गरेको छ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला पारेको हो।

    भारततर्फबाट सिर्सिया नदीको बाटो हुँदै कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गरेका दुई व्यक्ति गस्तीमा रहेको सुरक्षाफौजलाई देखेपछि लागूऔषध छाडेर फरार भएका थिए।

    बरामद लागूऔषध आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय