राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही

राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गरेका छन् । यदी सरकारले कर्णालीलाई अलग बनाउछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी उनको थियो । 

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे । उनले सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो कि भन्दै प्रश्न पनि गरे । 

    उनले भने, ‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ । तर अहिलेसम्म सरकारले उद्धार गरेको छैन। त्यसैले भन्न चाहन्छु–सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा हेलिकप्टर घुमिरहेको छ । तर हुम्लामा हिमपहिरो गएर, हिमताल फुटेर जनताहरु रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेको छैन । सरकारले के कर्णालीलाई हेपेको हो ?’

    यदी सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिए । यस्तै, उनले जनता हिमपहिरो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटकबाजी गरिरहेको पनि बताए । 

    उनले भने, ‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिमपहिलो गएर अलपत्र परेका छन् । कसैलाई वास्ता छैन । यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन् ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com