सरकारले ढुवानी बिक्री वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो : मन्त्री भण्डारी

सरकारले ढुवानी बिक्री वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो : मन्त्री भण्डारी

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • सरकारले ढुवानी बिक्री वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो : मन्त्री भण्डारी

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङलाई सरकारले दिएको ढुवानी बिक्री वितरणको जिम्मेवारी अब निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भएको छन् । 

    images
    images

    सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले ढुवानी बिक्री  वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने भन्ने कुरा अझै पनि कायम नै रहेको भन्दै निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट पनि नभएको बताए । 

    उनले भने, “नेपाल सरकारको समेत केही हिस्सा यो संस्थासँगको आवद्धता र त्यसलाई अलि बढि विश्वसनीय तवरबाट ढुवानीको कार्य गर्दै आई रहेको छ । हिजो केही मिडियामा साल्ट ट्रेडिङसँग सरकारले ढुवानी विक्रि वितरणको जुन जिम्मेवारी दिएको थियो । 

    त्यो अब निजी क्षेत्रलाई दिने भन्ने खालको कुरा आयो, यो कसरी र किन आयो त्यो जानकारी भएन तर सुन्नमा आएको छ । अहिलेसम्म ढुवानी बिक्री वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई छ । धेरै वर्षसम्म छ । आगामी आर्थिक वर्षको मन्त्रालयको नियमित कार्यक्रम र सिलिङ् जे आउछ त्यो आज पनि कायम छ । निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट भएको छैन ।” 

    यस्तै, उनले आपूर्ति श्रृङ्खलालाई व्यवस्थित गर्न र आइपर्ने विविध खालका समस्याहरूमा सहजीकरण गर्न योजना बनाई अगाडि बढ्ने बताए । 

    उनले भने, “आपूर्ति श्रृङ्खलालाई व्यवस्थित गर्न हामी धेरै नजिकबाट साल्ट ट्रेडिङ कर्पोरेशनसँग छलफल गरेर आईपर्ने विविध खालका समस्याहरूमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि हामी योजना बनाई रहेका छौँ, छलफल गरिरहेका छौँ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय